चितवनमा हात्तीको आक्रमणबाट माहुतेको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक २२ गते २२:५०
चितवनमा हात्तीको आक्रमणबाट माहुतेको मृत्यु

चितवन । हात्ती चराउन जाने क्रममा चितवन राष्ट्रिय निकुञ्जमा हात्तीको आक्रमणबाट माहुतेको मृत्यु भएको छ । आज दिउँसो निकुञ्जभित्र हात्तीले आक्रमण गर्दा रौतहटको चन्द्रनिगाहापुर घर भइ रत्ननगर नपा–६ चितवन बस्दै आएका ३६ वर्षीय माहुते हंसराज कुँमर धामीको मृत्यु भएको हो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको हात्तीले आक्रमण गर्दा माहुते धामीको घटनास्थलमा नै मृत्यु भएको कोषका प्रमुख बाबुराम लामिछानेले बताए ।

लामिछानेकाअनुसार हात्ती चराउन गएका धामीलाई साढे चार वर्षको राजागज नामको भाले हात्तीले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको थियो ।

हात्ती चराउने क्रममा तर्सिएर भाग्दा हात्तीबाट खसेका धामीलाई हात्तीले कुल्चिनुका साथै दाह्राले हानेको लामिछानेले बताए ।

मृतकको शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको लामिछानेले जानकारी दिए । राजगज हात्ती राष्ट्रिय प्रकृति संरक्षण कोषमा नै जन्मिएर हुर्किएको हात्ती हो । भाले हात्तीको स्वभाव पोथी हात्तीको भन्दा अली आक्रमण हुनेसमेत लामिछानेको भनाइ छ ।-रासस/File photo

प्रकाशित : २०७७ कार्तिक २२ गते २२:५०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI