No ads found for this position

आईपीएल : दोश्रो क्वालीफायरमा दिल्ली र हैदराबाद भिडदै

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक २३ गते १७:००
No ads found for this position
आईपीएल : दोश्रो क्वालीफायरमा दिल्ली र हैदराबाद भिडदै
No ads found for this position

आईपीएल २०२० अन्तर्गत दोश्रो क्वालीफायरमा फाइनलमा मुम्बईसंगको भेट पक्का गर्नको लागि आइतबार दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादले प्रतिस्पर्धा गर्दैछन्। शेख जायद स्टेडियम, अबुधाबीमा ७:४५ बजे राति खेल सुरु हुनेछ।

हैदरावादले इलिमीनेटरमा शुक्रबार रोयल च्यालेन्जर्स बैंगलोरको यात्रा समाप्त गर्दै क्वालीफायरमा दिल्लीसंगको भेट पक्का गरेको हो । दिल्लीले पहिलो क्वालीफायरमा मुम्बई सँग पराजित भएर फाइनल पुग्ने दोश्रो मौका पाएको हो। दिल्ली हालसम्म आईपीएलको फाइनल प्रवेश गर्न सकेको छैन भने हैदरावादले यस अघि २ पटक फाइनल खेलीसकेको छ। आज हैदरावादलाई पराजित गर्न सके दिल्लीले पहिलो पटक फाइनल यात्रा गर्नेछ।

दिल्लीको चिन्ता 

हैदरावादलाई दिल्लीले यो सिजन पराजित गर्न सकेको छैन। लिगको सुरुवाती ९ खेल मध्ये ७ खेलमा जित दर्ता गरेको दिल्लीले त्यसपछि लगातार ४ खेलमा हार बेहोरेको थियो। बैंगलोरलाई अन्तिम लिग म्याचमा पराजित गर्दै प्लेअफ छनौट भएको दिल्लीले क्वालीफायरमा मुम्बईसंग पुनः कमजोर प्रदर्शन गर्यो।

सुरुवातमा सन्तुलित देखिएपछि अन्तिम समयमा दिल्ली टिमले सहि अन्तिम-११ चयन गर्न सकेको छैन। खराब लयमा रहेका ड्यानियल स्याम्स ३ खेलमा विकेटविहिन रहेका छन् जसलाई टिमले निरन्तरता नदिने सम्भावना छ। स्याम्स नखेल्दा टिममा आक्रामक ब्याटिंग गर्न सक्ने शिमरन हेटमायरको आगमन हुनसक्छ। हेटमायर आउदा फर्ममा नरहेका पृथ्वी शलाई हटाउन सक्छ भने पेसर हर्षल पटेल आउन सक्छन्। अथवा पृथ्वीलाईनै विश्वास गरेर रहानेलाई बाहिर राखिनेछ त्यो हेर्न रोचक हुनेछ।

स्याम्सलाई बाहिर राख्दा दिल्लीले नेपाली लेग स्पिनर सन्दिप लामिछानेलाई पहिलो पटक मौका देला भन्ने आशा पनि गरिएको छ। तर सिजनमा ३ जना स्पिनर लिएर दिल्लीले अहिलेसम्म खेलेको छैन। महत्वपूर्ण खेलमा दिल्लीले ३ स्पिनर लिएर खेलेर रणनीति परिवर्तन गर्छ या गर्दैन हेर्न लायक हुनेछ। अबुधाबीको पिच सुस्त हुँदा सन्दिपले त्यसको फाइदा उठाउन सक्नेछन्।

प्रमुख खेलाडीहरुको प्रदर्शन खस्किदा दिल्ली चिन्तित छ

प्रमुख खेलाडीहरुको कमजोर प्रदर्शन दिल्लीको चिन्ताको करण बनेको छ। लिगमा उत्कृस्ट प्रदर्शन गरेका कागीसो रबाडा पछिल्लो ४ मध्ये ३ खेलमा विकेटविहिन रहेका छन्। २ शतक बनाएका शिखर धवनले पछिल्लो ५ खेलमा मात्र १ अर्धशतक मद्दतले ६० रन बनाएका छन् जसमध्ये ३ खेलमा उनले खाता खोल्न सकेका थिएनन्। पृथ्वी श, रिशभ पन्त, श्रेयस ऐयरको ब्याट शान्त छ। भेट्रान स्पिनर रभीचन्द्रन आश्विन, पेसर एनरिक नोर्किया, अलराउण्डर मार्कस स्टोइनिसको लयले टिम आशावादी छ।

हैदरावादको शानदार लय 

हैदरावाद पहिलो ९ खेलमा मात्र ३ जित बेहोर्दै अंकतालिकामा सातौँ स्थानमा थियो। तर त्यसपछि दिल्ली बिरुद्ध सहित लगातार ४ खेलमा जित दर्ता गर्दै प्लेअफमा स्थान सुरक्षित गरेको हैदरावादले इलिमीनेटरमा बैंगलोरलाई हराउन ठुलो संघर्ष गर्नु परेन। सहि समयमा लय पाएको वार्नर कप्तानीको टिमले त्यस्तो अन्तिम-११ पाएको छ जसले आफ्नो जिम्मेवारी बुझेका छन् र निभाएका पनि छन्। टिमको बलरहरुले उत्कृस्ट प्रदर्शन गर्दै अन्तिम-६ खेलमा १५० भन्दा बढी रन खर्चेका छैनन्। राशिद खान, जेसन होल्डर, टि नटराजन, सन्दिप शर्मा जस्ता बलरहरु शानदार लयमा रहेका छन्। इलिमीनेटरमा विलियमसनको इनिंगले टिममा आत्मविश्वास बढेको छ भने वार्नर पनि राम्रो लयमा छन्।

प्रदर्शन उत्कृस्ट रहेता पनि टिमको ब्याटिंग क्रम भने मजबुत देखिदैन। जेसंन होल्डरले राम्रो प्रदर्शन गरेता पनि मध्यक्रममा धेरै भरपर्दा ब्याट्सम्यानहरु छैनन्। रिद्दिमान शाह नखेल्दा ब्याटिंग अझ कमजोर देखिएको छ जसको झल्को बैंगलोरसंगको खेलमा पनि देखिएको थियो। टिममा छैठौं बलरको कमि पनि देखिन्छ। कुनै एक बलरले नराम्रो प्रदर्शन गरेमा त्यसलाई भरपाई गर्नसकेन बलरको कमि देखिन्छ। हैदरावादको यो कमजोरीमा दिल्लीले प्रहार गर्न सक्छ या सक्दैन हेर्न लायक हुनेछ।-विकेट नेपाल

प्रकाशित : २०७७ कार्तिक २३ गते १७:००
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI