पुर्वी नवलपरासीमा कोरोना संक्रमितको संख्या २ हजार नाघ्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक २४ गते १८:४०
पुर्वी नवलपरासीमा कोरोना संक्रमितको संख्या २ हजार नाघ्यो

कावासोती । पछिल्लो २४ घण्टामा ४१ जना कोरोना संक्रमित थपिए सँगै पुर्वी नवलपरासीमा कोरोना संक्रमितको संख्या दुई हजार नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय पुर्वी नवलपरासीका अनुसार सोमबार साँझ सम्म जिल्लामा कुल संक्रमितको संख्या २ हजार २८ पुगेको हो ।

जिल्लाको गैंडाकोट नगरपालिकामामा ५ सय ७६ जना, देवचुली नगरपालिकामा ४ सय ३० जना, कावासोती नगरपालिकामा ४ सय ८२ जना, मध्यविन्दु नगरपालिकामा १ सय ९० जना, विनयी त्रिवेणी गाँउपालिकामा १ सय ६८ जना, हुप्सेकोट गाँउपालिकामा ८७ जना, बुलिङ्गटार गाँउपालिकामा ४५ जना र बौंदिकाली गाँउपालिकामा ५० जनामा कोरोना संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालय पुर्वी नवलपरासीले जनाएको छ ।

 

निको हुनेको संख्या १हजार ४ सय ९

यसै बिच जिल्लामा कोरोना संक्रमण मुक्त हुनेको संख्या १ हजार ४ सय ९ अर्थात ६९.४७% पुगेको छ । जिल्लाको गैंडाकोटमा ३६२, देवचुलीमा ३५०, कावासोतीमा २६९, मध्यविन्दुमा १३३, विनयी त्रिवेणीमा १५३, हुप्सेकोटमा ५८, बुलिङ्गटारमा ४० र बौंदिकालीमा ४४ जना संक्रमण मुक्त  भएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै जिल्ला सोमबार साँझ सम्म सक्रिय संक्रमितको संख्या ५९५ पुगेको छ भने कोरोना संक्रमणले मृत्यु हुनेको संख्या २४ पुगेको जिल्ला स्वास्थ्य कार्यालय पुर्वी नवलपरासीले जनाएको छ ।

 

प्रकाशित : २०७७ कार्तिक २४ गते १८:४०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI