मध्यविन्दुको सेहेरीमा ४२ हजार १ सय ७० नगद सहित ७ जना जुवाडे पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक २४ गते २१:१४
मध्यविन्दुको सेहेरीमा ४२ हजार १ सय ७० नगद सहित ७ जना जुवाडे पक्राउ

कावासोती । पुर्वी नवलपरासीको मध्यविन्दु-२ सेहेरीमा सोमबार दिउँसो ४२ हजार १७० नगद र विदेशी मुद्रा २ सय ६० दिराम सहित ७ जना जुवाडे पक्राउ परेका छन ।

स्थानीय नारायण जंगकार्कीको घरमा तास खेलिरहेका मध्यबिन्दु नगरपालिका ७ बस्ने ३० वर्षीय  भवानीशंकर थनेत, सोही ठाउँका  वर्ष ३१ को कृष्ण कुमाल, मध्यबिन्दु १ बस्ते वर्ष ४३ को खोर बहादुर चौधरी, मध्यबिन्दु २ बस्ने वर्ष ३७ को सुन बहादुर आले मगर, सोही ठाउँका ५३ वर्षका हेमलाल थनेतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीले जनाएको छ ।

पक्राउ परेकालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको प्रहरीले जनाएको छ ।

 

 

प्रकाशित : २०७७ कार्तिक २४ गते २१:१४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI