No ads found for this position

स्थानीयको प्रभावकारी सहभागीता नहुदा सम्म प्रभावकारी संरक्षण हुन सक्दैन : सरोकारवाला

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक २५ गते १६:२०
No ads found for this position
स्थानीयको प्रभावकारी सहभागीता नहुदा सम्म प्रभावकारी संरक्षण हुन सक्दैन : सरोकारवाला
No ads found for this position

राजु चापागाईं/कावासोती
पछिल्लो ४ महिनामा चोरी शिकारीले चितवन राष्ट्रिय निकुञ्जमा ४ वटा गैंडा मारे पछि संरक्षणको क्षेत्रमा काम गर्नेहरुले चिन्ता व्यक्त गरेका छ्न । पुर्वी नवलपरासीको पिठौलीमा मंगलबार सम्पन्न कार्यक्रममा सरोकारवाला हरुले चोरी शिकारीका कारणले गैंडा मर्ने क्रम बढे पछि स्थानीयको प्रभावकारी सहभागीता नहुदा सम्म प्रभावकारी संरक्षण हुन नसक्ने बताउदै यस तर्फ गम्भीर ध्यान दिनु पर्ने कुरामा जोड दिएका छन ।

लामिचौर उपभोक्ता समितिको आयोजनामा सम्पन्न कार्यक्रममा बोल्दै सहभागीहरुले चोरी शिकारी रोक्न स्थानीय , मध्यवर्ती क्षेत्र र निकुञ्ज बिच समन्वय हुनु पर्ने कुरा व्यक्त गरेका छ्न ।

कार्यक्रम बोल्दै समुदायमा आधारित चोरी शिकारी नियन्त्रण युवा जागरण अभियानका सह संयोजक सुधन लम्साल , संयोजक केवल चौधरी, राजरत्न मध्यवर्ती सामुदायिक वनका अध्यक्ष विष्णु लम्साल , शान्ति मध्यवर्ती सामुदायिक वनका अध्यक्ष चेतनारायण चौधरीले चोरी शिकारी रोक्नका लागि, स्रोत र साधनको उपलब्धता बढाउनु पर्ने, निकुञ्जले गस्ती बढाउनु पर्ने, गस्तीको मोडालिटी चेन्ज गर्नु पर्ने, स्थानीयलाई संरक्षण प्रती सजग बनाउनु पर्ने, सुरक्षा पोस्टहरु थप्नु पर्ने, निकुञ्जलाई उपलब्ध गराईएको सूचनाको स्रोतलाई गोप्य राख्नु पर्नेकुरामा जोड दिएका छ्न ।

कार्यक्रम संरक्षणकर्मी डि.बि चौधरीले स्थानीयको प्रभावकारी सहभागीता बिना प्रभावकारी संरक्षण हुन नसक्ने कुरामा जोड दिएका छ्न । पछिल्लो समय स्थानीय सरकार र मध्यवर्ती क्षेत्र बिच आवश्यक समन्वय नहुदा संरक्षणको अभियान प्रभाकारी हुन नसकेको उनको भनाई थियो । मध्यवर्ती क्षेत्रका कामले स्थानीय आश्वस्त हुन नसकेको बताउदै चौधरीले स्थानीयलाई आश्वस्त बनाउने कार्यक्रम ल्याउनु पर्नेमा उनको जोड थियो । अहिलेसम्म चलेका संरक्षणको अभियान दिगो नभएकाले दिगो समाधान खोज्नु पर्ने बताउदै चौधरीले पर्यटन व्यवसायलाई जैविक विविधता मैत्री बनाउने कुरामा जोड दिएका थिए ।

स्थानीय जनप्रतिनिधिको समेत सहभागीता रहेको कार्यक्रममा कावासोती-१३ का वडा अध्यक्ष विनोद राना मगरले संरक्षणमा स्थानीय बासीको सहभागीता बढाउन र मध्यवर्ती प्रती जनताको विश्वास बढाउन निकुञ्जको विकेन्द्रीकरण गरेर सानो सानो कामका लागि निकुञ्जको मुख्यालय कसरा धाउनु पर्ने बाध्यता हटाउनु पर्ने र मध्यवर्तीको बजेटको सिलिङ बढाउनु पर्ने कुरामा जोड दिए । कार्यक्रममा कावासोती-१२ का वडा अध्यक्ष खेमप्रसाद काफ्लेले नदिको तटिय क्षेत्रका बासिन्दाको आर्थिक स्तर उकास्ने कार्यक्रम ल्याउनु पर्ने, निकुञ्ज भित्रै घाँसे मैदानको व्यवस्थापन गर्नु पर्ने, मध्यवर्ती क्षेत्रलाई साधन स्रोत सम्पन्न बनाउनु पर्ने कुरामा जोड दिएका थिए । कार्यक्रममा बोल्दै कावासोती-११ का वडा अध्यक्ष एवं लामिचौर उपभोक्ता समितिका पुर्व अध्यक्ष शारदाप्रसाद अधिकारीले संरक्षणलाई दिगो बनाउन सामुदायिक वनहरुलाई बलियो बनाउनु पर्ने कुरामा जोड दिएका छ्न । अधिकारीले हिजो शुन्य चोरी शिकारी वर्ष मनाएको निकुञ्जमा तस्करले गैंडा मार्नु दुखद भएको बताए । संरक्षण र पर्यटनलाई सँगसँगै लैजान सक्ने हो भने संरक्षण दिगो हुने र स्थानीयको आर्थिक अवस्था पनि राम्रो हुने अधिकारीको भनाई थियो ।

कार्यक्रम चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको बटुकदल गणका प्रमुख सेनानी अरुण श्रेष्ठले लक डाउन सँगै निकुञ्जमा तस्करको गतिविधि बढेको बताए । सेना निकुञ्ज र समुदाय बिच त्रिकोणात्मक सम्बन्ध हुनु पर्ने बताउदै निकुञ्ज सुरक्षामा नेपाली सेनाले कुनै कसर बाकी नराख्ने बताए । प्रमुख सेनानी श्रेष्ठले गस्ती लगाएत निकुञ्जको सुरक्षामा नया मोडालिटी अनुसार काम सुरु गरिएको पनि बताए । श्रेष्ठले निकुञ्ज यस आसपास कुनै शंकास्पद गतिविधि देखिए टोल फृ नं १६६०५६५२०००, गुल्मपती ९८४४२०७५२७ र प्रमुख सेनानी ९८५५०८१५५५ मा सम्पर्क गर्न पनि आग्रह गरेका छन ।

अन्तरक्रिया कार्यक्रममा आएका प्रश्नहरुको जवाफ दिदै चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले चोरी शिकारीले यसै आ वमा ४ गैंडा मार्दा आफुहरु पनि दुखित भएको बताउदै गैंडाको चोरी शिकारी रोक्न प्रधानमन्त्रीले पनि चासो दिएको बताए । यसै वर्ष मात्रै चोरी शिकारको अभियोगमा ५० भन्दा धेरै तस्कर कैद भुक्तानी गरेर बाहिर आए सँगै गैंडा चोरी शिकारीको कारणले मर्न थालेको उनको भनाई थियो । बरालका अनुसार यो विषयमा निकुञ्जले सुक्ष्म अनुसन्धान गरिरहेको छ । बरालले संरक्षण को काममा सम्पूर्ण सरोकारवालालाई निकुञ्जले सहयोग गर्ने बताए । निकुञ्ज र जनता बिचमा ऐन नियमावलीको कारणले द्वन्द बढेको बताउदै ऐन संशोधन गरेर सहज बनाउने तर्फ काम गरिरहेको बताए । मध्यवर्ती क्षेत्रलाई व्यवस्थित र बलियो बनाउन आफुहरु लागि परेको बरालले बताए ।

कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगानाले स्थानीय तह , मध्यवर्ती क्षेत्र र निकुञ्ज बिच समन्वय गरेरै आफुहरु अगाडी बढने बताए । बढिरहेको चोरी शिकार रोक्न स्थानीय तह सँग मिलेर काम गर्ने गरि योजना बनाईएको बताए
। ढुंगानाले समुदायमा आधारित चोरी शिकारी नियन्त्रण युवा जागरण अभियान , मध्यवर्ती क्षेत्र र संरक्षणकर्मीको सहयोग विना निकुञ्ज एकलै चोरी शिकार रोक्न नसक्ने बताउदै यसमा सबैको सहयोग हुनु पर्ने बताएका थिए ।

लामिचौर उपभोक्ता समितिका अध्यक्ष बासुदेव पौडेलको अध्यक्षता, चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगानाको प्रमुख आतिथ्यता, निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल, बटुकदलका गणपती एवं प्रमुख सेनानी अरुण श्रेष्ठ, स्थानीय जनप्रतिनिधि , सामुदायिक वनका पदाधिकारी , संरक्षकर्मी को उपस्थितमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

प्रकाशित : २०७७ कार्तिक २५ गते १६:२०
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI