No ads found for this position

मुम्बई पाचौं पटक आईपिएल च्याम्पियन

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक २५ गते २३:१६
No ads found for this position
मुम्बई पाचौं पटक आईपिएल च्याम्पियन
No ads found for this position

दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै रोहित शर्मा कप्तानीको मुम्बई इन्डीएन्सले पाँचौ पटक इन्डीएन प्रिमियर लिगको उपाधि जितेको छ।

छैठौं पटक लिगको फाइनल यात्रा गरेको मुम्बईले लगातार दोश्रो सिजन उपाधि जित्न सफल भएको हो।मुम्बई लगातार दोश्रो सिजन लिग जित्ने चेन्नाईपछि दोश्रो टिम बनेको छ। चेन्नाईले २०१० र २०११ मा लगातार उपाधि जितेको थियो। हारपछि पहिलो फाइनल यात्रामै लिग जित्ने दिल्लीको सपना भने साकार हुन सकेन। दिल्ली गत सिजन दोश्रो क्वालीफायरबाट बाहिरिएको थियो।

२०१० आईपीएल फाइनलमा चेन्नाईसंग पराजित भएपछि २०१३, २०१५, २०१७ र २०१९ मा मुम्बईले लिग जितेको थियो। मुम्बईको यो पाँचौ आईपीएल उपाधि हो। गत सिजन मुम्बईले फाइनलमा चेन्नाईलाई पराजित गरेको थियो।

युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम सम्पन्न खेलमा दिल्लीले दिएको १५७ रनको लक्ष्य मुम्बईले ५ विकेट गुमाएर १८.४ ओभरमै भेटायो।

मुम्बईको लागि कप्तान रोहित शर्माले सर्वाधिक ६८ रन बनाए जुन क्रममा ५१ बलमा ५ चौका र ४ छक्का प्रहार गरे। इशान किशनले अविजित ३३ रन बनाए जुन क्रममा ३ चौका र १ छक्का प्रहार गरे। क्विन्टन डीककले १२ बलमा २० तथा सुर्यकुमार यादवले २० बलमा १९ रन तथा काइरन पोलार्डले ९ रन बनाए।

रोहित शर्माले अर्धशतक बनाए

मुम्बईको सुरुवात उत्कृस्ट रह्यो। डीकक र रोहितले ४५ रनको ओपनिंग साझेदारी गरे। स्टोइनिसले पाँचौ ओभरमा डीककलाई विकेटकिपर पन्तबाट क्याच आउट गराए। पावरप्लेको ६ ओभरमा मुम्बईले आईपीएल इतिहासकै फाइनल खेलमा सर्वाधिक ६१ रन बनायो। मुम्बईलेनै २०१५ आईपीएल फाइनलमा चेन्नाई बिरुद्ध १ विकेट गुमाएर ६१ रन बनाएको थियो।

डीककको विकेट पछि रोहितले सुर्यकुमार यादवसंग ४५ रन जोडे। ११ औं ओभरमा यादब र रोहित बीच असमझदारी हुँदा रन आउट हुन पुगे। तेश्रो विकेटको लागि रोहित र किशनले ४७ रनको साझेदारी गरे। १७ औं ओभरमा रोहितलाई नोर्कियाले क्याच आउट गराए। त्यसपछि पोलार्डलाई रबाडाले १८ औं ओभरको पहिलो बलमा बोल्ड गरे जुन बेला जित्न मुम्बईलाई मात्र १० रन आवस्यक रहेको थियो। जित्न १ रन बाँकि रहंदा हार्दिक पान्ड्यालाई नोर्कियाले क्याच आउट गराए। लगत्तै बलमा क्रुनाल पान्ड्याले १ रन लिंदै टिमलाई जितसम्म पुर्याए।

दिल्लीको बलिंगमा एनरिक नोर्कियाले २ विकेट ( २.४-०-२५-२ ) तथा मार्कस स्टोइनिस ( २-०-२३-१ ) र कागीसो रबाडा ( ३-०-३२-१ ) ले समान १ विकेट लिए। कुल ३० विकेट लिएका रबाडाले पर्पल क्याप आफ्नो नाम गरे।

दिल्लीको इनिंग 

यस अघि टस जितेर ब्याटिंग रोजेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५६ रन बनाएको थियो।

दिल्लीको लागि कप्तान श्रेयस ऐयरले सर्वाधिक ६५ रन बनाए जुन क्रममा ५० बलमा ६ चौका र २ छक्का प्रहार गरे। ऐयरको इनिंग आईपीएलको फाइनलमा कुनै पनि कप्तानले बनाएको दोश्रो सर्वाधिक स्कोर हो। सबैभन्दा धेरै डेभिड वार्नरले २०१६ मा बैंगलोर बिरुद्ध ६९ रन बनाएका थिए। रिशभ पन्तले ३८ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ५६ रन बनाए। सिजनमा पन्तको यो पहिलो अर्धशतक हो।

शिखर धवनले १५, अक्षर पटेलले ९, शिमरन हेटमायरले ५, अजिंके रहानेले २ रन बनाए।

बोल्टले ३ विकेट लिए

दिल्लीको सुरुवात अत्यन्त खराब रह्यो। इनिंगको पहिलो बलमा ओपनर मार्कस स्टोइनिसलाई खाता नखोली ट्रेन्ट बोल्टले विकेटकिपर डीककबाट क्याच आउट गराए। तेश्रो ओभरमा रहानेलाई बोल्टले डीककबाट पुनः क्याच आउट गराए भने चौथो ओभरमा जयन्त यादवले धवनलाई बोल्ड गरे।

२२/३ को अवस्थाबाट कप्तान ऐयरले पन्तसंग ९६ रनको साझेदारी गर्दै टिमलाई मुस्किल अवस्थाबाट पार लगाए। १५ औं ओभरमा नाथन कुल्टर नाइलले पन्तलाई हार्दिक पान्ड्याबाट क्याच आउट गराउदै मुम्बईलाई खेलमा फर्काए। हेटमायरलाई १८ औं ओभरमा बोल्टले क्याच आउट गराए। कप्तान ऐयरले अन्तिमसम्म अविजित रहेर ब्याटिंग गरे।

डेथ ओभरमा दिल्लीले मुम्बई बलरहरुले रनमा कन्जुसी गर्दा दिल्ली मध्यम योगफलमा सिमित रह्यो। १८ र १९ औं ओभरमा बोल्ट र बुम्राहले मात्र ६ रन दिए भने अन्तिम ओभरमा नाइलले मात्र ८ रन खर्चिए। अन्तिम ५ ओभरमा दिल्लीले मात्र ३८ रन बनाउन सक्यो।

मुम्बईको बलिंगमा ट्रेन्ट बोल्टले सार्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा ३० रन खर्चिए। नाथन कुल्टर नाइलले २ विकेट लिए जुन क्रममा ४ ओभरमा २९ रन खर्चिए। जयन्त यादव ( ४-०-२५-१ ) ले १ विकेट लिए। क्रुनाल पान्ड्या ( ३-०-३०-० ), जस्रप्रित बुम्राह ( ४-०-२८-० ) र काइरन पोलार्ड ( १-०-१३-० ) विकेटविहिन रहे।

प्रकाशित : २०७७ कार्तिक २५ गते २३:१६
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI