देशभर चिसो बढ्यो : काठमाडौंको तापक्रम ८ डिग्री सेल्सियस

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक २६ गते ८:४१
देशभर चिसो बढ्यो : काठमाडौंको तापक्रम ८ डिग्री सेल्सियस

काठमाडौं, २६ कात्तिक । देशभर चिसो बढ्ने क्रम सुरु भएको छ। यससँगै काठमाडौंमा पनि तापक्रम घटेको छ  । मौमसविद्का अनुसार जुम्लामा तापक्रम माइनसमा झरेको केही दिन भइसकेको छ ।

 

बुधबार बिहान काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ८ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौंको दिउँसोको तापक्रम २४ देखि २६ डिग्रीसम्म पुग्ने महाशाखाले पूर्वानुमान गरेको छ।

मंगलबार काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै कम ८ डिग्री सेल्सियसमा झरेको थियो भने जुम्लामा माइनस शून्य दशमलव १ मा झरेको थियो।

सामान्यतया राति आकाश खुला हुँदा बिहान तापक्रम घट्ने गर्छ। अहिले पानी पार्ने प्रणाली सक्रिय नहुँदा देशभरको मौसम सामान्यतया सफा हुँदा विस्तारै चिसो बढ्दै गएको महाशाखाले जनाएको छ। बिहान ९ बजेसम्म तापक्रम घट्नेक्रममै रहने छ।-File Photo

 

प्रकाशित : २०७७ कार्तिक २६ गते ८:४१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI