मध्यरातमा नदीजन्य पदार्थ चोर्ने सात ट्रयाक्टर प्रहरीको नियन्त्रणमा

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक २६ गते १३:३६
मध्यरातमा नदीजन्य पदार्थ चोर्ने सात ट्रयाक्टर प्रहरीको नियन्त्रणमा

कावासोती । मध्यरातमा नदीजन्य पदार्थ चोर्दै गरेका सातवटा ट्रयाक्टरलाई नवलपुर प्रहरीले नियन्त्रणमा लिएको छ । विनयी त्रिवेणी गाउँपालिका वडा नं. २ स्थित विनयी खोला बाट ती सवारीहरु नियन्त्रणमा लिइएको हो । राती ३ वजे ती सवारीहरुले नदीजन्य पदार्थ चोर्दै गरेको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएका सवै ट्रयाक्टरलाई आवश्यक कार्वाहीको लागी विनयी त्रिवेणी गाउँपालिका कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का सूचना अधिकारी प्रहरी निरिक्षक बिशाल तामाङले जानकारी दिनुभयो ।
लु ४ त ४९९१, ग १ त ३७४६, लु ३ त ८५५४, लु ३ त ९४५८, लु ४ त ६५११, लु ४ त ६८९४ र ON TEST ट्रयाक्टर कारबाहीमा परेका हुन ।-File photo

प्रकाशित : २०७७ कार्तिक २६ गते १३:३६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI