व्यवसायी न्युरेको शोकमा बिहीबार ( आज) नवलपुरका व्यापार व्यवसाय बन्द गरिने

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक २७ गते ८:०३
व्यवसायी न्युरेको शोकमा बिहीबार ( आज) नवलपुरका व्यापार व्यवसाय बन्द गरिने

नवलपुर– नवलपुर उद्योग वाणिज्य संघ कार्य समिति सदस्य पूर्णप्रसाद न्युरेको निधन भएको शोकमा विहीबार (आज)नवलपुर जिल्लाका व्यापार व्यवसाय बन्द गरिने भएको छ ।

न्युरेप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना स्वरुप कात्तिक २७ गते एक दिन नवलपुरका उद्योगी व्यवसायीहरुलाई बजार बन्द गरिदिन अनुरोध गरेको नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोख्रेलले बताए ।

कावासोति नगरपालिका ८ मा हंस खाद्य सप्लायर्स र मध्यबिन्दु नगरपालिका १ मा सञ्चालित आशिर्वाद एग्रो फुड्स प्रालिका सञ्चालक न्युरेको कात्तिक २५ गते स्वास्थ्य उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको थियो ।

न्यूरेलाई कोरोना संक्रमण भएको आशंका गरिएको भए पनि उनको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो ।

प्रकाशित : २०७७ कार्तिक २७ गते ८:०३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI