५ हजार थान पटका र हजार लिटर लोकल रक्सी नष्ट

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक २७ गते १७:२६
५ हजार थान पटका र हजार लिटर लोकल रक्सी नष्ट

जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) ठुुलो परिमाणमा अवैध घरेलु मदिरा र पटका बुधवार नष्ट गरेको छ ।

विभिन्न मिति समय र स्थानमा बरामद भएको घरेलु मदिरा र पटकालाई अस्थाई प्रहरी पोष्ट डण्डा को प्रारङ्गणमा खाडल खनी नष्ट गरिएको प्रहरी निरिक्षक विशाल तामाङले जानकारी दिए ।
उनका अनुसार प्रहरीले १ हजार १५ लिटर अवैध घेरलु मदिरा र ५ हजार १७० थान पटका नष्ट गरेको हो ।

प्रकाशित : २०७७ कार्तिक २७ गते १७:२६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI