No ads found for this position

बैतडीको खोड्पेमा बस खस्यो, ८ जनाको मृत्यु, २९ भन्दा बढी घाइते

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक २८ गते ७:४५
No ads found for this position
बैतडीको खोड्पेमा बस खस्यो, ८ जनाको मृत्यु, २९ भन्दा बढी घाइते
No ads found for this position

धनगढी: बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना भएको छ । दुर्घटनामा परी हालसम्म ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारीले पुष्टि गरे ।

दार्चुलाको गन्नाबाट महेन्द्रनगर आइरहेको ना५ख ५१४१ नम्बरको बस खोड्पे बजार नजिक राति करिब साढे १० बजेतिर सडकबाट खसेको उनले बताए । दुर्घटनामा हालसम्म २९ जना भन्दा बढी घाइते भएको समेत उनले जानकारी दिए ।

‘अहिले स्थानीय र प्रहरीको टालीले उद्धार कार्य गरिरहेको छ । घाइतेलाई डडेल्धुरा अस्पताल पठाउँदैछौ’ प्रहरी नायव उपरीक्षक अधिकारीले भने ।

मृतक र घाइतेको पहिचान खुल्न बाँकी रहेको छ ।

प्रकाशित : २०७७ कार्तिक २८ गते ७:४५
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI