नारायणी नदीमा हाम फालेकी युवतीको उद्धार

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक २८ गते ८:५३
नारायणी नदीमा हाम फालेकी युवतीको उद्धार

चितवन । नारायणी नदिमा हाम फालेकी एक युवतीको प्रहरीले उद्धार गरेको छ । बिहिवार दिउँसो ३ बजेतीर नारायणीको पुलबाट नदिमा हाम फालेकी उनको प्रहरीले तत्कालै उद्धार गरेको हो ।

खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रघु बिष्टको कमाण्डमा खटिएको टोलिले २२ बर्षिया ती युवतीको उद्धार गरेको हो ।

वडा प्रहरी कार्यालय नारायणगढका अनुसार उद्धार गरिएकी युवतीको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ।

युवती के कति कारणले नदिमा हा फालेकी हुन् भन्नेबारे अनुसन्धान चलिरहेको छ । नारायणी नदिको पुलबाट हाम फालेर कैयौं सर्वसाधारणले हात्महत्या गरेका छन् ।

प्रकाशित : २०७७ कार्तिक २८ गते ८:५३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI