आज नेकपा सचिवालय बैठक बस्दै

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक २८ गते ८:५७
आज नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं, २८ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो ।

बैठक राख्नेबारे लामो विवादपछि सचिवालय बैठक डाकिएको हो । आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले फरक फरक प्रस्ताव ल्याउने बुझिएको छ । पार्टी विवादको समिक्षा र समाधानको उपायबारे दुवै पक्षले फरक प्रस्ताव ल्याउन लागेको हो ।

यसअघि प्रधानमन्त्री ओली सचिवालय बैठक राख्न तयार भएका थिएनन् । उनीमाथि सचिवालयका बहुमत सदस्यले दबाब दिएपछि बैठक डाकेका हुन् ।

प्रकाशित : २०७७ कार्तिक २८ गते ८:५७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI