बैतडी – बैतडीको खोड्पेमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ९ जनाको परिचय खुलेको छ ।
पाटन नगरपालिका-८ खोड्पेमा भएको बस दुर्घटनामा बैतडीको दोगडाकेदार-६ का २५ वर्षका प्रहरी जवान रणबहादुर चन्द, दोगडाकेदार-६ कै २७ वर्षका करनसिंह ऐर, दोगडाकेदार गाउँपालिकामा कार्यरत कर्मचारी कविन्द्र जोशी र कञ्चनपुरको भीमदत्त नगरपालिका-८ तिलाचौरका १५ वर्षका कीर्तिका कार्कीको परिचय खुलेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
यस्तै दार्चुलाको लेकम गाउँपालिका-४ का तर्कराज गिरी, दार्चुलाकै मालिकार्जुन गाउँपालिका-५ का जगन्नाथ ओझा, कञ्चनपुरको भीमदत्त नगरपालिका-१० का बिजना धामी, कैलालीको धनगढी उपमहानगरपालिका-४ का नरेन्द्र चौधरी र धनगढी उपमहानगरपालिका-१८ का ऋषिराम चौधरीको दुर्घटनामा ज्यान गएको अधिकारीले जानकारी दिनुभएको छ ।
दुर्घटनामा घाइते भएका ३४ जनामध्ये गम्भीर घाइते १२ जनालाई धनगढी रेफर गरिएको छ । बाँकी २२ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । ना ५ ख ५१४१ नम्बरको बस गएराति खोड्पे बजार नजिक दुर्घटना भएको हो ।-उज्यालो अनलाइन
प्रकाशित : २०७७ कार्तिक २८ गते ११:५९
Facebook Comment