आईसोलेसनको बसाई उमंग र सिकाई

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक २९ गते ९:४९
आईसोलेसनको बसाई उमंग र सिकाई

सालिकराम काेइराला/रजहर,पूर्वि नवलपरासी

आईसाेलेशन सेण्टरकाे बसाईमा अनेक थरी कुरा मनमा खेल्छ । काेराेना पाेजेटिभ देखियाे भनेंर सावर्जनिक भएपछि आफन्त र शुभचिन्तकहरूकाे फाेन आईरहन्छ । बिरलै फाेन गर्ने साथीहरूले पनि बारम्बार फाेन गरेर हाैसला प्रदान गर्छन् ।

आईसाेलेशनमा याेग र फिजिकल एक्सरसाईज बाहेक तीनवटा कुरा रेगुलर गर्नूपर्छ ताकि छिट्टै काेराेना मुक्त हुन सकियाेस् । जुन कुरा घरमै बसेर पनि गर्न सकिन्छ । पहिलाे बिहान उठेर नित्यकर्म सक्नासाथ मजाले मनताताे नुनपानीले कुल्ला गर्ने । यसरी कुल्ला गर्दा रूद्रघण्टीसम्म पुग्ने गरेर घाँटी ठाडाे पारेर आवाज सहिल कुलुलुलु गर्ने ।

दाेस्राे कुरा कुल्ला सकेपछि एक गिलास मनताताे पानीमा दुईचम्चा मह र एकटुक्रा कागती निचरेर सरलक्क पिउने । एकछिनपछि बाफ लिने । बाफ लिने भाँडाेकाे प्रयाेग गरे पनि हुन्छ त्याे छैन भने सानाे डेक्चीमा पानी भल्काएर लिए पनि हुन्छ । बाफलिंदा दई,तीन पत्ता तुलसी पानीमा राखेर लिने ।

तेस्राे कुरा जलनेती । बजारमा प्लास्टिककाे सानाे करूवा जस्ताे भाँडाे पाईन्छ । त्याे पाईएन भने घर सानाे करूवा छ भने त्यसैले काम चलाउन पनि सकिन्छ । मनताताे नुनपानी त्याे करूवा जस्ताे भाँडाेमा राख्ने अनि एउटा नाककाे प्वालमा राम्ररी घुसाएर बिस्तारै पानी हाल्ने त्याे पानी आफै अर्काे नाककाे प्वालबाट तररर चुहिन्छ । यसरी दुबै नाककाे प्वालमा घुसाएर जलनेती लिने ।

यी तीनवटा कुरा नियमित गर्नु पर्छ । नुनपानीले कुल्ला बिहान,दिउँसाे र बेलुका तीन पटक गर्ने । बाफ बिहान र बेलुका दुई पटक लिए हुन्छ । जलनेती बिहान एक पटक मात्रै गर्ने । यसाे गरियाे भने भाइरस सजिलै निस्तेज हुन्छ र जतिसक्दाे छिटाे आईसाेलेशनकाे बसाई टुङ्गिन्छ ।

यस अतिरिक्त आईसाेलेशन सेण्टरमा मन भुलाउन नाचगान,खेलकुद, गरेर रमाईलाे र उमङ्गमय वातावरण बनाईयाे भने अरूलाई पनि काेराेना जित्न सजिलै आत्मबल, साहस र उर्जा थपिन्छ ।

 

( पत्रकार कोइराला कोरोना संक्रमण देखिए पछि पुर्वी नवलपरासीको रजहरमा रहेको प्राकृतिक चिकित्सालयको आइसोलेसनमा छ्न ।)

प्रकाशित : २०७७ कार्तिक २९ गते ९:४९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI