No ads found for this position

प्रजातन्त्र सेनानी सापकोटाको निधन : महामन्त्री कोइरालाद्वारा श्रद्धाञ्जली व्यक्त

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक २९ गते १३:२५
No ads found for this position
प्रजातन्त्र सेनानी सापकोटाको निधन : महामन्त्री कोइरालाद्वारा श्रद्धाञ्जली  व्यक्त
No ads found for this position

कावासोती । बिपि कोइरालाका सहयात्री समेत रहेका प्रजातन्त्र सेनानी भुमिश्वर सापकोटाको १ सय ७ वर्षको उमेरमा शुक्रवार दिउँसो २ बजेर ३५ मिनेटमा आफ्नै  निवासमा निधन भएको छ ।

नेपाली काङ्ग्रेस पुर्वी नवलपरासीका नेता एवं महासमिति सदस्य तिलकप्रसाद सापकोटाका पिता समेत रहनु भएका नेपाली प्रजातान्त्रिक आन्दोलनमा सक्रिय सहभागी स्व.सापकोटाको शनिबार अन्तिम संस्कार गरिएको हो ।

सापकोटाको अन्तिम संस्कार अगाडी गैंडाकोट स्थित नारायणी नदि किनारमा नेपाली काङ्ग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य डा.शशांक कोईरालाले नेपाली काङ्ग्रेसको झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ । सापकोटालाई अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न नेपाली काङ्ग्रेस केन्द्र देखि जिल्ला तह सम्मका नेता तथा कार्यकर्ताहरु नारायणी नदि किनार पुगेका थिए ।

यसै बिच महामन्त्री कोइरालाले प्रजातन्त्रका सेनानी स्व.सापकोटामा निधनमा शोक सन्देश जारी गर्दै सापकोटाको निधनले मर्माहत बनाएको बताउदै सापकोटाले राजनीतिक र सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ ।

विस १९७१ साल माघ १ गते जन्मनुभएका भुमिश्वर सापकोटा बाग्लुङको दमेक रितिपबाट विस २०२९ सालमा गैडाकोटमा बसाइसराई गर्नुभएको थियो । बीपी कोइरालको सहयात्रीको रुपमा पनि चिनिनु हुने सापकोटा धार्मिक आध्यात्मिक व्यक्तित्व सँगै सधैँ सत्य र न्यायको पक्षमा वकालत गर्ने निर्भिक व्यक्तित्व हुनुहुन्थ्यो ।

पन्चायती प्रतिवन्धित समयमा नेपाली काँग्रेस पार्टीका शिविर संचालन हुदा उहाँको सक्रिय सहयोग र बीपीलाई आतिथ्यता ग्रहण गर्ने सक्रिय कार्यकर्ता समेत रहनुभएका सापकोटाको २ जना छोरा र १ छोरी हुनुहुन्छ ।

प्रकाशित : २०७७ कार्तिक २९ गते १३:२५
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI