देवचुलीको कैलाश चोकबाट ८० हजार नगद सहित ५ जना जुवाडे पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक २९ गते १७:३७
देवचुलीको कैलाश चोकबाट ८० हजार नगद सहित ५ जना जुवाडे पक्राउ

कावासोती । पूर्वी नवलपरासीको देबचुलीमा जुवाको खालबाट ५ जना पक्राउ परेका छन् । शनिबार दिउँसो देबचुली नगरपालिका ११ कैलाश चोकमा संजय कुँवरले सन्चालन गरेको पोल्टी फर्मबाट ८० हजार १ सय ४५ नगद सहित ५ जना पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयले जनाए अनुसार जुवा खेल्दै गरेको सूचनाका आधारमा छापा मार्दा स्थानीय ५ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा देवचुली-११ का अम्बर बहादुर गुरुङ ,  देवचुली-१४ का कृष्ण श्रेष्ठ , सुरेन्द्र श्रेष्ठ , ओमप्रसाद पौडेल र देवचुली- १३ का टेकराज शर्मा रहेको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीले जनाएको छ ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कावासोतीमा ल्याइएको छ । गत दुई महिनाको अवधिमा पूर्वी नवलपरासीका विभिन्न स्थानबाट दुई दर्जन बढी जुवाडे पक्राउ परिसकेका छन् ।

 

प्रकाशित : २०७७ कार्तिक २९ गते १७:३७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI