रोकिएन कोरोना संक्रमण बढ्ने दर, एकै दिन विश्वमा ६ लाख ५७ हजारमा संक्रमण

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक ३० गते ८:००
रोकिएन कोरोना संक्रमण बढ्ने दर, एकै दिन विश्वमा ६ लाख ५७ हजारमा संक्रमण

काठमाडौं । कोरोना संक्रमण हुने दर बढ्दै गएको छ । अघिल्लो २४ घण्टामा विश्वभर ६ लाख २८ हजार १३६ जनामा कोरोना संक्रमण देखिएको थियो । तर, पछिल्लो २४ घण्टामा संक्रमितको संख्या बढेर ६ लाख ५७ हजार ३१२ पुगेको छ । विश्व स्वाथ्य संगठनको तथ्यांक अनुसार यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

यसैबीच, हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड ३१ लाख ६४ हजार ८०३ जनालाई कोरोना संक्रमण भइसकेको छ ।

 

पछिल्लो २४ घण्टामा ९ हजार ७९७ कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेको यो संख्या पनि अघिल्लो दिनको तुलनामा केही धेरै हो ।

कोरोनाका कारण हालसम्म विश्वमा १३ लाख ५७६ जनाको मृत्यु भइसकेको छ ।

विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण अमेरिका, भारत, ब्राजिल लगायत देशमा भएको छ ।

प्रकाशित : २०७७ कार्तिक ३० गते ८:००
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI