No ads found for this position

नेवार समुदायले आज म्ह: पुजा मनाउदै

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक ३० गते ८:२२
No ads found for this position
नेवार समुदायले आज म्ह: पुजा मनाउदै
No ads found for this position

काठमाडौं । नेवार समुदायले आज म्हःपूजा गर्दैछन् । हरेक वर्ष नेपाल संवतको पहिलो दिन नेवार समुदायले म्हःपूजा गर्ने परम्परा छ ।

बिहानै नयाँ वर्ष नेपाल संवत् ११४१ को स्वागत गर्दै नेवारहरुले बेलुकी म्हः पूजा गर्ने प्रचलन छ ।

तर यस वर्ष भने तिथी घटबढ भएकाले नेपाल संवतको नयाँ वर्षको एक दिन अघि नै म्ह पूजा परेको छ ।

म्हः पूजाका लागि सबैभन्दा पहिले मण्डप बनाएर तेलको घेरा, पीठो, अक्षता, लावा, मास र कालो भटमास लगायतले घेरा हालिन्छ ।

मण्डप तयार भइसकेपछि घरको मूलीदेखि लस्करै मण्डप अघि घरपरिवारका सबै सदस्य बसेर पूजा गर्ने परम्परा रहेको छ ।

मण्डपमा बिमिरो, भोगटे, सुन्तला, ओखर, कटुस, स्याउ, अमला, बयर लगायतका फलफूल राख्ने गरिन्छ ।

म्हः पूजामा र भाइटीकामा नेवार समुदायले काँचो धागोले बनाएको जजंका अनिवार्य हुन्छ ।

म्हः पूजा गर्दा पहिले गणेशलाई पूजा गरिन्छ । यो पूजा घरको नकीं (मूली महिला) ले गर्ने परम्परा छ ।

तिहारअन्तर्गतको म्हःपूजा गैरनेवार समुदायबीच पनि सुपरिचित हुँदै गएको छ ।

प्रकाशित : २०७७ कार्तिक ३० गते ८:२२
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI