चितवनमा ९७ लाख चोरी गर्ने सुरक्षा गार्ड पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक ३० गते १७:२७
चितवनमा ९७ लाख चोरी गर्ने सुरक्षा गार्ड पक्राउ

सुरक्षा गर्न खटाइएका कर्मचारीलेनै चितवनमा ९७ लाख चोरी गरेको भेटिएको छ । भरतपुर–९ काँडाघारी मा रहेको एपोलो पेन्ट्सको कार्यालय भवन सुरक्षाका लागि खटिएका सुरक्षा गार्डलेनै रकम चोरी गरेको तथ्य खुलेको छ । कार्तिक २७ गते लकर फुटाई चोरी भएको उजुरी परेपछि चितवन प्रहरीले अनुसन्धान थालेको थियो ।

एपोलो पेन्टस्मा कार्यरत सुरक्षा गार्ड कालिका–६ का ४० वर्षिक कविराज थापाले चोरी गरेकोे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छन् । चितवन प्रहरीका प्रवक्ता सूर्य थापाले खाटमुनि झोलामा ५७ लाख र नजिकैको झाडीमा ४० लाख रुपैयाँ प्लाष्टिकको बोरमा लुकाई राखेको अवस्थामा फेला पारिएको बताउनुभयो ।  सेक्युरिटी गार्ड क्वाटरभित्रको खाटमुनि चोरीको रकम लुकाएका थिए । उनको साथबाट नगद सहित हेक्सा ब्लेड फ्रेम सहितको थान, फलामको रडबाट बनेको खुर्पी, हेक्सा ब्लेड खुल्ला थान, झोला लगाएत सामग्री बरामद गरिएको छ । चोरी कसूर अन्र्तर्गत पक्राउ परेका व्यक्तिमाथि छानविन भैरहेको जनाइएको छ ।

प्रकाशित : २०७७ कार्तिक ३० गते १७:२७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI