No ads found for this position

हङकङमा नेपालीले संचालन गरेको रेष्टुरेन्टमा आगलागी हुँदा कम्तीमा सात नेपालीको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर १ गते ११:२१
No ads found for this position
हङकङमा नेपालीले संचालन गरेको रेष्टुरेन्टमा आगलागी हुँदा कम्तीमा सात नेपालीको मृत्यु
No ads found for this position

काठमाडौं । हङकङमा नेपालीले सञ्चालन गरेको एउटा क्लबमा भएको आगलागीमा परी ७ जना नेपालीको मृत्यु भएको छ । आगलागी हुँदा धरानका क्लब सञ्चालकसहित सात जनाको मृत्यु भएको हो ।

adv
adv

हङकङको समय अनुसार आइतबार रातिकरिब ८ बजे भएको आगलागीमा १३ जना गम्भीर घाइतेलाई प्रहरीले उद्धार गरेको थियो । तीमध्ये सात जनाको मृत्यु भएको हो ।

adv
adv
adv

मृत्यु हुनेहरूमा १० वर्षीय रायन, ३८ वर्षीय युवराज कँडेल, ३९ वर्षीय सेर गुरुङ, ४० वर्षीय रामबाबु, ३० वर्षीय अनिता, ४० वर्षीय विमला र २० वर्षीय एक जना महिला नाम नखुलेका गरी ७ जनाको मृत्यु भएको जनाइएको छ ।

adv
adv

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । मृत्यु हुनेहरू अधिकांश पश्चिम नेपालका रहेका छन् ।

घटनास्थल याउमातेइको क्यान्टोन रोड र साइगोन रोडको बीचमा पर्छ । जुन हङकङका नेपाली बसोबास गर्ने एउटा मुख्य क्षेत्र हो । हङकङमा यो पछिल्लो एक दशकयता भएको सबैभन्दा डरलाग्दो आगलागी भएको हङकङ प्रहरीले जनाएको छ ।

बर्थ डे पार्टी भइरहेको बेला आगलागी भएको बताइए पनि यसको पुष्टि भइसकेको छैन । घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

हङकङकी प्रमुख कार्यकारी क्यारी लामले याउमातेइमा आगलागीको घटनाबाट दुखी भएको भन्दै घाइतेको उपचार र घटनाको कारण पत्ता लगाउन निर्देशन दिएकी छिन् ।

प्रकाशित : २०७७ मंसिर १ गते ११:२१
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI