“नझारे आमा आँशुका ढिका मूलबाटो हेरेर, जाँदैन दु:ख आँशुका धारा बर्बरी झारेर”…..

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर १ गते १६:३७
“नझारे आमा आँशुका ढिका मूलबाटो हेरेर, जाँदैन दु:ख आँशुका धारा बर्बरी झारेर”…..

सालिकराम काेइराला/रजहर,पूर्वी नवलपरासी

पूर्वी नवलपरासीको रजहरमा रहेकाे प्राकृतिक चिकित्सालय अस्थायी काेराेना अस्पतालकाे आईसाेलेशन सेण्टरमा बसेकाहरूलाई घरबाट तारन्तार फाेन आईरहेकाे छ । आमा र दिदी बहिनीकाे मलिनाे बाेली र भिडियाे कलमा आँखाबाट बरर झारेकाे आँसु र सुँक्क,सुँक्कले सबैलाई भावबिह्वल बनाएकाे छ ।

यसपालिको तिहार आईसाेलेशनमै मनाईएकाे छ । यद्यपि भेट्न आउने आफन्तले आँसु चुहाउँदा कतिपयकाे मन अमिलिएकाे छ । स्वर्गीय कलाकार लक्ष्मण रायमाझीकाे “मखमली फुल्दा मार्सी धान झुल्दा बहिनी आउनेछिन् , दैलाकाे तस्बिर छातिमा टाँसि आँसु बगाउने छिन्”…भन्ने बेदना मिश्रीत गीत प्रत्येककाे कानमा गुन्जिएकाे छ ।

नेपालकै नमूना याे अस्थायी काेराेना अस्पतालबाट हालसम्म आठ सय पाँचजना संक्रमण मुक्त भएर घर फर्किसकेका छन् । हाल पाल्पा,स्याङ्जा,बागलुङ,गुल्मी, चितवन र पूर्वी नवलपरासी घरभई कर्मथलाे नवलपुर बनाएका आधि दर्जन जिल्लाका डेढ दर्जन संक्रमितहरू आईसाेलेशनमा रहेका छन् । शुरक्षाकर्मी,स्वास्थ्यकर्मी, संचारकर्मी, सहकारीकर्मी,निजामती कर्मचारी र सर्वसाधारण गरि अठ्ठार जनाकाे प्राकृतिक चिकित्सालयमा बास छ ।

यद्यपि विषम परिस्थितिका बाबजुद काेभिड प्रभावितहरूले आज तिहारकाे दिन आईसाेलेशनमै भाईटिका लगाएका छन् । “यहाँकाे भाईटिकाले घरै बिर्सायाे”। बिन्दु लामिछानेले भनिन् । उनी बिकु बचत तथा ऋण सहकारी संस्था गुडारमा ट्रेलर ईञ्चार्जकाे रूपमा कार्यरत छिन् । उनी बाहेक पाँच दिदी बहिनीहरू पनि फुरूङ् छन् ।

पाल्पा दाेभान घर भएका संदिप थापा क्षेत्री पनि उनका तीनजना सहकर्मी सहित आईसाेलेशनमै छन् । उनी ईलाका प्रहरी कार्यालय दुम्किबासकाे संचारमा कार्यरत छन् । दश दिनदेखि यहिं रहेका संदिप भन्छन् “यहाँकाे तिहारले त गाउँनै बिर्सायाे”। पाल्पाकाे रमाइलो नवलपुरकाे प्राकृतिक चिकित्सालयले बिर्साईदिएकाे उनकाे भनाई रहेकाे छ ।

आईसाेलेशनमा दुईजना नर्सिङ स्टाफ सहित तिनजना काेभिड प्रभावित स्वास्थ्यकर्मीहरूपनि संगै रहेका छन् । उनिहरू रातदिन आफुजस्तै संक्रमितकाे सेवामा तल्लिन छन् । बाैंदीकाली गाउँपालिकाकाे रकुवा घर भएका धनकुमार थापा भन्छन् “यहाँकाे तिहार त नसाेंचेकाे एकदमै रमाईलाे भयाे”। उनी अग्याैलीकाे हेल्थपाेष्टमा कार्यरत छन् । फुर्तिलाे र झ्याप्पै नाच्न तम्सिहाल्ने थापा अत्यन्तै सहयाेगी भावनाका छन् ।

तिहारकाे टिकानै नभएका गैंडाकोट नगरपालिकाका चन्द्र प्रसाद भुसाल पनि यहाँकाे भाईटिकाे माहाैलले मख्ख छन् । “मेराे त टिका थिएन तर साथीहरूले बहुत रमाईलाेसँग मनाउनुभयाे । मलाई सुद्द एकदम आनन्द लाग्याे”। भुसाल गैडाकाेट १ काे वडा सचिव हुन् , उनिसँगै नगरपालिकाकाे तीन कर्मचारी आईसाेलेशनमै रहेका छन् ।

काेभिड अस्थायी अस्पताल रजहरमा रहेकाहरू कसैलाई पनि म संक्रमित छु भन्ने लागेकाे छैन । यहाँकाे माहाैलले सबैजना संक्रमण मुक्त भैसकेको अनुभव गरेका छन्। आईसाेलेशनकाे बसाई यतिदिन बाँकी छ भनेंर कसैले दिनगन्ती गर्नुपरेकाे छैन । सबैले काेभिडलाई पराजित गरेजस्ताे गरेर उमङ्गका साथ फुक्काफाल भएका छन् ।

प्रकाशित : २०७७ मंसिर १ गते १६:३७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI