नेपाल र बंगलादेशबीचको दोस्रो खेल बराबरीमा

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर २ गते १९:०५
नेपाल र बंगलादेशबीचको दोस्रो खेल बराबरीमा

काठमाडौं । नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल बराबरीमा सकिएको छ । मुजिबुर बोर्सो फिफा अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत मंगलबार भएको दोस्रो खेलमा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेको हो । शुक्रबार भएको पहिलो मैत्रीपूर्ण खेल भने बंगलादेशले २-० ले जितेको थियो ।

दुई खेलको सिरिज भने घरेलु टोली बंगलादेशले जित्दै ट्रफी आफैंले राखेको छ । पहिलो खेलमा हार बेहोरेको नेपालले दोस्रो खेलमा गोलका केही अवसर सदुपयोग गर्न नसक्दा हार ब्यहोर्न पुग्यो ।

ढाकास्थित बगबन्धु नेशनल स्टेडियममा भएको खेलमा प्रशिक्षक बाल गोपाल महर्जनले भरत खवासलाई पहिलो रोजाइमा खेलाउँदै कप्तानको जिम्मेवारी दिएका थिए । तर १९ औं मिनेटमा भरतको स्थानमा नवयुग श्रेष्ठ मैदान प्रवेश गरेपछि गोलकिपर किरण चेम्जोङले आर्मब्याण्ड लगाए ।

पहिलो खेलमा डेब्यु गरेका तीन खेलाडी विकास खवास एरिक विष्ट र दर्शन गुरुङले दोस्रो खेलमा भने पहिलो रोजाइमै अवसर पाए । विकासले पहिलो खेलमा पहिलो रोजाइमै डेब्यै गर्दै पूरा खेलेका खेलेका थिए ।

बेन्चबाट मैदान प्रवेश गरेका एरिक र दर्शनले भने दोस्रो खेलमा शरुदेखि नै खेले ।

यस्तै दोस्रो खेलमा थप ३ खेलाडीले डेब्यु गरे । डिफेण्डर छिरिङ गुरुङले पहिलो रोजाईमै डेब्य गर्दा मिडफिल्डरद्वय पुजन उपरकोटी, सेसेहाङ आङदेम्बेले बेन्चबाट मैदान प्रवेश गर्दै राष्ट्रिय टिममा डेब्यु गरे ।

पुजन दोस्रो हाफमा तेज तामाङको स्थानमा मैदान प्रवेश गरेका थिए । यस्तै सेसेहाङ ७२ औं मिनेटमा दर्शन गुरुङको स्थानमा मैदान प्रवेश गरेका थिए ।

नेपालले एक वर्षपछि अन्तर्राष्ट्रिय फुटबल खेलेको हो । कोरोना महामारीका कारण ८ महिनादेखि नेपाली खेलाडीले फुटबल खेलेका थिएनन् ।

प्रकाशित : २०७७ मंसिर २ गते १९:०५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI