पाकिस्तानमा आरोहण नगरिएको ‘सगरमाथा’ !

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर ३ गते ८:२२
पाकिस्तानमा आरोहण नगरिएको ‘सगरमाथा’ !

इस्लामाबाद : यो कुनै सर्वोच्च शिखर हैन, न त यो हिमाल चढ्न त्यस्तो कठिनाइ नै छ ।

 

 

 

विश्व प्रख्यात पर्वतारोही रेनहोल्ड मेस्नरले यस हिमालबारे यसअघि कहिल्यै चासो दिएनन् । हो, अब यो हिमाल पछिल्लो समय विश्वभर परिचित भइसकेको छ । मुचु छिस नामको पाकिस्तानी हिमाल दुर्गम कोराकोरम श्रृंखलामा ७४५३ मिटर उचाइमा उभिएको छ ।

८००० मिटर उचाइको माउन्ट के टू हिमाल समेत रहेको पाकिस्तानमा यो नयाँ हिमालको रुपमा चिनिएको हो । पाकिस्तानका अरु थुप्रै आकर्षक हिमालको बीचमा यस हिमालमा अझै पनि मानव पाइला परेको छैन ।

१९५३ सम्म सर्वोच्च सगरमाथामा पनि मानव पाइला परेको थिएन । त्यसपछि दोस्रो अग्लो हिमाल के टू मा १९५४ मा आरोहण गरियो । यस्तै तेस्रो कञ्चन्जंघा १९५५ मा नापियो । त्यसपछि अर्को वर्ष अर्थात् १९५६ मा चौथो अग्लो ल्होत्से नापियो । यसै गरी विश्वका अग्ला हिमाल नाप्ने र आरोहण गर्ने काम भएको थियो । तर यही हिमाल छुटेको थियो । जुन विश्वका अग्ला हिमालमध्ये एक मानिएको छ ।

आरोहण नगरिएका हिमालमध्ये विश्वकै अग्लो :

काराकोरम क्षेत्रको पश्चिमी भूभागमा लुकेर रहेको यो हिमाल आरोहण नगरिएका विश्वका हिमालमध्ये सबैभन्दा अग्लो ठानिएको छ । जुन ७००० मिटर भन्दा अग्लो छ । यस हिमाललाई ठाउँको नामबाट बटुरा पनि भनिन्छ । एसियामै अर्को यस्तै पछि चिनिएको हिमाल छ, गंखर पुएन्सुम हिमाल, जसको उचाइ ७५७० मिटर छ । तर यो हिमाल भुटानमा पर्छ र विवादपछि यसमा आरोहणमा प्रतिबन्ध लगाइएको छ । साथै विश्वका अग्ला हिमालको सूचबिाट यसलाई हटाइएको समेत छ ।

नेश्नल जोग्राफिकका अनुसार मुचु छिस मिहाल एक मध्यम स्तरको हिमाल हो । दक्ष पर्वताराहीहरु के भन्छन् भने, काराकोरम क्षेत्रमा विश्वमै अग्ला हिमालहरु भए पनि मुचु छिस एक वास्तविक साहशी हिमालको रुपमा चिनिएको छ ।

त्यसो त, २०१४ मा यस हिमालमा आरोहण गरिएको थियो । तर सफल भएन । यसलाई कठिन हिमाल पनि मानिन्छ । साथै नेपालका साहशी हिमालको अर्को रुपको रुपमा पनि यस हिमाललाई लिइने गरिन्छ ।

शेर्पाहरु हुँदैनन् । यदी कोही आरोहण गर्न चाहन्छ भने आफैँ र एक्लै आरोहण गर्नुपर्ने हुन्छ । बाटो आफैँ बनाउनु पर्छ । ६००० मिटर उचाइसम्म त यसअघि आरोहण गरिएको छ । र पर्वतारोहीहरु यती उचाइसम्म सहज नै ठान्छन् । त्यसमाथि चाहिँ कठिन । यद्यपि पर्वतारोहीहरु यस हिमाल छिट्टै चढ्ने तयारीमा छन् । र यसलाई सम्भव पनि ठानेका छन् ।

यसअघि अगस्टमा मात्रै तीन जनाको चेक रिपब्लिकन आरोही समूह यस हिमालमा पुगेको थियो । तर सफल भएन । सर्वोच्च हिमाल रहेको नेपालमा लकडाउनका कारण हिमाल आरोहण प्रतिबन्ध लगाइएको भए पनि यहाँ खुला नै थियो ।

प्रकाशित : २०७७ मंसिर ३ गते ८:२२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI