भैंसी गोठमा लुकेर तास खेल्ने पाँच जना पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर ३ गते २०:०९
भैंसी गोठमा लुकेर तास खेल्ने पाँच जना पक्राउ

कावासोती । पुर्वी नवलपरासीको कावासोती-११ लौगाईबाट तास खेलिरहेको अवस्थामा प्रहरीले नगद ४०,९९५ सहित ५ जना पक्राउ गरेको छ ।

कावासोती-११ लौगाई स्थित मनि काफ्लेको माछा पोखरीमा रहेको भैंसी गोठमा लुकेर तास खेलेको अवस्थामा देवचुली-११ का भिम बहादुर बराम, श्याम ठकुरी , मोहन सुवेदी , गजेन्द्र राना र पुर्णबहादुर राना श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ मंसिर ३ गते २०:०९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI