No ads found for this position

सङ्क्रमित विद्यार्थीको परीक्षा १५ मिनेटपछि हुने

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर ४ गते ८:३४
No ads found for this position
सङ्क्रमित विद्यार्थीको परीक्षा १५ मिनेटपछि हुने
No ads found for this position

काठमाडौं, मंसिर ४। त्रिभुवन विश्वविद्यालयले कोरोनाका कारण यसअधि स्थगित भएको व्यवस्थापन, शिक्षाशास्त्र सङ्काय र विज्ञान अध्ययन संस्थान अन्तर्गत स्नातक तह चौथो वर्षमा अध्ययनरत विद्यार्थीको परीक्षा मङ्सिर २८ बाट लिने गरी कार्यतालिका सार्वजनिक छ ।

झन्डै २० करोड रुपियाँ खर्च गरेर परीक्षा सञ्चालनको तयारीमा रहको विश्वविद्यालयले सङ्क्रमितको परीक्षा १५ मिनेटपछि लिने तयारीसमेत गरेको छ ।विश्वविद्यालयले कोरोना भाइरसको सङ्क्रमणमा परेका विद्यार्थीलाई पनि परीक्षा लिन सक्ने गरी व्यवस्था मिलाइएको हो ।

हालको तयारी अनुसार सङ्क्रमित विद्यार्थीको परीक्षा अन्य साधारण विद्यार्थीको तुलनामा १५ मिनेटपछि परीक्षा सुरु गरिने र अन्य विद्यार्थीको परीक्षा सकिएको १५ मिनेटपछि सकिनेछ ।

साधारण विद्यार्थीसित सङ्क्रमित विद्यार्थीको सम्पर्क भेटघाट नहोस् भन्ने हिसाबले १५ मिनेटपछि परीक्षा सुरु गर्ने व्यवस्था मिलाइएको छ ।

जसअनुसार सङ्क्रमित विद्यार्थी परीक्षाका लागि तोकिएको समयभन्दा १५ मिनेट ढिला गरी परीक्षा केन्द्रमा पुग्नुपर्नेछ । सङ्क्रमित विद्यार्थीलाई परीक्षा केन्द्रमा अलग्गै कोठामा राखेर परीक्षा लिने व्यवस्था मिलाइएको आजको गोरखापत्र दैनिकमा खवर छ ।

प्रकाशित : २०७७ मंसिर ४ गते ८:३४
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI