४४ वर्षको प्रेम पछि विवाह

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर ४ गते १७:२८
४४ वर्षको प्रेम पछि विवाह

साचो माया गर्नलाई उमेरले छेक्दैन । ८४ वर्षीय कालिन डन र ८२ वर्षीया सैली स्मिथ ब्रिटेनमा बस्छन् । उनीहरुको पहिलो भेट १९७२ मा भएको थियो । त्यो समयमा सैली एक सामाजिक क्लबमा काम गर्थिन् । कालिन त्यो क्लबमा हप्ताको एकदिन जाने गर्थे । त्यहि क्रममा उनीहरुबीच माया बसेको थियो । उनीहरुले लगभग ४ दशकसम्म डेटिङ गरेपछि हालमात्र विवाह गरेका छन् । उनीहरुको विवाह १ सय भन्दा धेरै साथी र नातेदारको बीचमा सम्पन्न भएको छ ।

हाल ब्रिटेनमा यो जोडीको प्रेम कहानी चर्चामा छ । ४४ वर्षसम्म प्रेममा परेर बुढेसकालमा विवाह गरेका यो जोडीको विवाहले नयाँ इतिहास रचेको छ । कालिनले रिटायर्ड जीवन बिताइरहेका छन् । कालिनले कहिलेकाँही क्लबमा जाँदा सैलीलाई देख्ने गर्थे । सैलीलाई कालिनले बाहिर घुम्न जान आग्रह गरिरहन्थे । दुवैजना विवाहित थिए । सैलीको चार बच्चाहरु थिए । सैलीको साना साना बच्चा भएकै कारण सँगै बस्न अस्विकार गरेकी थिइन् । हाल उनीहरुका बच्चाहरु ठुला भएका कारण विवाह गर्ने फैसला गरेका हुन् ।

कालिनले उनीहरुकोबीचको सम्बन्ध ४४ वर्ष अघिकै जस्तै अहिले पनि भएको बताएका छन् । उनले आफुहरुबीचको सम्बन्धलाई कसैले तोड्न नसक्ने भन्दै सम्बन्ध जोगाउन हरेक कोशिश गर्ने पनि जानकारी दिएका छन् । एजेन्सी

प्रकाशित : २०७७ मंसिर ४ गते १७:२८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI