No ads found for this position

प्राकृतिक चिकित्सालय रजहरको आईसोलेसनबाट थप १५ जना कोरोना संक्रमण मुक्त

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर ६ गते १७:४४
No ads found for this position
प्राकृतिक चिकित्सालय रजहरको आईसोलेसनबाट थप १५ जना कोरोना संक्रमण मुक्त
No ads found for this position

कावासोती । पुर्वी नवलपरासीको रजहरमा रहेको अस्थायी कोरोना अस्पताल प्राकृतिक चिकित्सालय रजहरको आईसोलेसनमा रहेका १५ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छ्न ।

संक्रमण मुक्त हुनेहरुमा कावासोती नगरपालिकाका ३ पुरुष र ३ महिला सहित ६ जना, गैंडाकोट नगरपालिकाका२ जना पुरुष , हुप्सेकोट गाँउपालिकाका १ जना पुरुष , बुलिङ्गटार गाँउपालिकाका १ जना पुरुष , भरतपुर महानगरपालिका वडा नं २ का १ पुरुष र १ महिला सहित २ जना, गाहाघाट बाग्लुङका १ जना पुरुष , रेसुङ्गा गुल्मिका १ जना पुरुष र तिनहु पाल्पाका १ जना पुरुष रहेका अस्पताल का निर्देशक डाक्टर विनोद पौडेलले नवलपुर टाईम्सलाई बताए । उनीहरुको गत ४ गते स्वाब संकलन गरि परिक्षणका लागि पोखरा पठाईएको थियो । त्यसतै १४ दिन आईसोलेसनमा रहेर पनि पोजिटिभ रिपोर्ट आएका दुई जनालाई होम आईसोलेसनमा बस्ने गरि घर पठाईएको डाक्टर पौडेलले बताए ।संक्रम्ण मुक्त भएकाहरुलाई आजनै डिस्चार्ज गरेर घर पठाईएको अस्पतालले जनाएको छ ।

यो सँगै प्राकृतिक चिकित्सालय बाट कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ सय ४९ पुगेको र अस्पतालको आईसोलेसनमा शनिबार साँझसम्म ७ जना संक्रमित रहेको डाक्टर पौडेलले बताए ।

 

प्रकाशित : २०७७ मंसिर ६ गते १७:४४
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI