No ads found for this position

दाङका दुईजना कोरोना संक्रमितको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर ७ गते १०:३६
No ads found for this position
दाङका दुईजना कोरोना संक्रमितको मृत्यु
No ads found for this position

७ मंसिर, बुटवल ।  दाङका थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा घोराही उपमहानगरपालिका–९, बनगाउँका ६७ वर्षीय पुरुष र तुलसीपुर उपमहानगरपालिका–९, बेलुवाका ६८ वर्षीय पुरुष रहेका छन् । उनीहरु दुवै जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

घोराहीका पुरुषमा कात्तिक २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । २७ गते अस्पताल भर्ना भएका उनको शनिबार राति ११ः५० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । उनमा उच्च रक्तचाप र निमोनियाको समस्या थियो ।

यस्तै तुलसीपुरका पुरुष मंसिर ४ गते अस्पताल भर्ना भएका थिए । ५ गते कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । उनको आइतबार बिहान १ः४० बजे मृत्यु भएको श्रेष्ठले बताए । उनमा मधुमेह र निमोनियाको समस्या थियो ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार दाङमा कोरोना संक्रमितको मृत्यु हुने संख्या २८ पुगेको छ ।

प्रकाशित : २०७७ मंसिर ७ गते १०:३६
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI