प्रचण्डसँग कुरा नमिले ओली देउवासँग मिलेर जाने

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर ७ गते १३:४५
प्रचण्डसँग कुरा नमिले ओली देउवासँग मिलेर जाने

काठमाडौं, ७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो साँझ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग महत्वपूर्ण भलाकुसारी गरेका छन् । तीन घन्टा बालुवाटारमा दुवै नेताले राजनीतिक घटनाक्रमको समिक्षा गरेर भविष्यमा मिलेर जानेबारे कुराकानी गरेको बुझिएको छ ।विश्वस्त स्रोतका अनुसार प्रधानमन्त्री ओलीले पार्टीभित्र आएको समस्याबारे कुरा गरेका थिए । उनले देउवासँग मिलेर जाने सम्भावनाबारे समेत बताएका थिए । त्यतिबेला साथ दिन देउवालाई आग्रह गरेको बुझिएको छ ।देउवा विश्वासपात्रहरु गोपालमान श्रेष्ठ र रमेश लेखकसँगै अपरान्ह बालुवाटार छिरेका थिए । उनी फर्कदा झमक्क साँझ परिसकेको थियो । प्रधानमन्त्री ओलीले पनि विश्वासपात्रहरु सुवास नेम्वाङ, प्रदीप ज्ञवाली र भानुभक्त ढकाललाई सँगै राखेका थिए । बालुवाटारमा दुवै नेताले राजनीतिक समिक्षा गरे । प्रचण्डको पछिल्लो भूमिकाबारे पनि व्याख्या भएको थियो ।प्रधानमन्त्री ओली पार्टीभित्र कुरा नमिलेमा देउवासँग मिलेर जाने तयारीमा छन् । आफूलाई पार्टी कमिटीले हटाउने निर्णय गर्ने सम्भावना रहेसँगै ओलीले विकल्प तयार गरेका छन् । पार्टी दुर्घटनामा परेमा उनी देउवाको साथ लिएर बढ्ने तयारीमा रहेको बुझिएको छ । देउवाले पनि ओलीलाई साथ दिदै आएका छन् । उनले साथ नदिएको भए संसदमा विशेष अधिवेशन डाकेर अविश्वासको प्रस्ताव आइसक्थ्यो । देउवाको साथले यो टर्दै आएको छ ।देउवाले पनि विगतमा प्रचण्डले आफूलाई धोका दिएको गुनासो गर्न छाडेका छैनन् । संसदको चुनाव अघि अचानक प्रचण्ड ओलीसँग मिलेर गएपछि देउवा रुष्ट छन् । त्यसयता दुई नेताबीच दुईपटक मात्र एक्ला एक्लै भेटवार्ता भएको छ । देउवाले आफूलाई धोका दिएको भन्दै प्रचण्डको आलोचना गर्दै आएका छन् ।-फाइल तस्वीर

प्रकाशित : २०७७ मंसिर ७ गते १३:४५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI