बलात्कारमा मिलापत्र गराउनेलाई पनि फौजदारी मुद्दा लाग्ने, सरकारले ल्यायो अध्यादेश

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर ७ गते १४:२६
बलात्कारमा मिलापत्र गराउनेलाई पनि फौजदारी मुद्दा लाग्ने, सरकारले ल्यायो अध्यादेश

काठमाडौँ, ७ मंसिर । अब बलात्कारका घटनामा मिलापत्र गर्ने-गराउनेलाई पनि फौजदारी अपराध अन्तरगत मुद्दा लाग्ने भएकाे छ । यसै प्रयाेजनका लागि सरकारले अध्यादेश ल्याएको छ ।

आइतबार मन्त्रिपरिषद्को बैठकले उक्त अध्यादेश ल्याउने निर्णय गरेकाे बताइएकाे छ । स्राेतका अनुसार बलात्कारजन्य अपराधमा कुनै पनि बहानामा मिलापत्र बनाउनेविरूद्ध फाैजदारी कानुन लाग्नेगरी व्यवस्था गरिएकाे उक्त अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरिएकाे छ ।

समाजमा पछिल्लाे समय बलात्कारका घटना बढ्दै गएकाे र विभिन्न प्रलाेभन तथा डरधम्की देखाएर मिलापत्र हुने क्रम बढेपछि सरकारले अध्यादेश ल्याउने निर्णय गरेकाे बताइएकाे छ । अध्यादेशले बलात्कारकाे परिभाषामा समेत हेरफेर गरेकाे एक मन्त्रीले बताए ।

स्राेतका अनुसार ‘पुरुषले महिलालाइ मात्र नभएर जोसुकैले जोसुकैलाई बलात्कार गर्नसक्ने’ भन्ने नयाँ परिभाषा अध्यादेशमा समेटिएकाे छ । यसले अब पुरूषद्वारा महिला मात्र बलात्कृत हुने पुरानाे परिभाषा खारेज गरेर पुरुषद्वारा पुरुष (अप्राकृतिक करणी) र महिलाद्वारा पुरुष समेत बलात्कृत हुनसक्ने नयाँ परिभाषाले कानुनी मान्यता पाउने देखिन्छ ।

प्रकाशित : २०७७ मंसिर ७ गते १४:२६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI