मंगलबार बिहान नवलपुरका अधिकांश स्थानमा विद्युत अवरुद्ध हुने

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर ८ गते १४:५५
मंगलबार बिहान नवलपुरका अधिकांश स्थानमा विद्युत अवरुद्ध हुने

नवलपुरमा मंगलबार विहान विधुत्त अवरुद्ध हुने भएको छ । जिल्लाको प्रगतीनगर सवस्टेशन अन्र्तगत १३२ के भी ट्रान्सर्फमरमा तेल चुहिने समस्या आएको साथै आयल लेभल ईन्डिकेटर जडान गर्नुपर्ने भएकोले विधुत्त अवरुद्ध हुने भएको हो ।

विहान ८ वजे देखि ११ वजेसम्म विधुत्त अवरुद्ध हुने नेपाल विद्युत्त प्राधिकरण कावासोती वितरण केन्द्रले जनाएको छ । केन्द्रका अनुसार वितरण केन्द्र अन्तर्गत गर्ने गैँडाकोट, देवचुली, कावासोती , मध्यविन्दु नगरपालिका साथै हुप्सेकोट गाउँपालिकामा विधुत्त अवरुद्ध हुने छ । काम सम्पन्न भएमा तोकिएको समय अगावै विद्युत्त आउने केन्द्रले जनाएको छ ।

प्रकाशित : २०७७ मंसिर ८ गते १४:५५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI