पोखरामा प्याराग्लाइडिङ दुर्घटना, पाइलटको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर ८ गते १६:१८
पोखरामा प्याराग्लाइडिङ दुर्घटना, पाइलटको मृत्यु

पोखरा — पोखरामा सोमबार ल्यान्डिङ गर्ने क्रममा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ ।

पोखरा–२८ कालीकाका ३८ वर्षीय राजु नेपालीको मृत्यु भएको हो । दुर्घटनामा यात्रु काठमाडौं बूढानीलकन्ठ नगरपालिका–२ की २८ वर्षीया शीला श्रेष्ठ घाइते भएकी प्रहरीले जनाएको छ ।

कास्की प्रहरीका प्रवक्ता डीएसपी सुवास हमालका अनुसार फेवातालको सिरान खपौदी क्षेत्रमा ल्यान्ड गर्ने क्रममा सोमबार दिउँसो ल्यान्डिङ एरिया भन्दा झन्डै डेढ किलोमिटर माथि जमिनमा प्याराग्लाइडिङ दुर्घटनामा परेको थियो ।

दुवैजनालाई उपचारका लागि सिर्जना चोकस्थित मेट्रोसिटी अस्पताल पुर्‍याइएकोमा नेपालीलाई चिकित्सकले मृत घोषण गरेका थिए । छाति र खुट्टामा चोट लागेकी घाइते श्रेष्ठको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।-कान्तिपुर

प्रकाशित : २०७७ मंसिर ८ गते १६:१८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI