काङ्ग्रेस कुनै पनि अवस्थामा सरकारमा जादैन : सहमहामन्त्री महत

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर ९ गते २०:३४
काङ्ग्रेस कुनै पनि अवस्थामा सरकारमा जादैन : सहमहामन्त्री महत

कावासोती । नेपाली काग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले काङ्ग्रेस कुनैपनी अवस्थामा सरकारमा नजाने बताउनु भएको छ । देशको बर्तमान अवस्थामा विकसित भएको राजनैतिक गतिविधीमा कांग्रेस सरकारमा जाने भन्ने चर्चा निराधार भएको भन्दै प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष शेरवहादुर देउवाबीचको भेटवार्ता नियमितता को निरन्तरता भएको बताउनु भएको हो । प्रेस युनियन नवलपुर शाखाले मंगलबार कावासोतीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रम महतले यस्तो बताउनु भएको हो ।

पत्रकार भेटघाटमा बोल्दै महतले काँग्रेस सरकारमा जाने हल्ला निराधार हो , प्रधानमन्त्री र हाम्रो सभापति बिच संबैधानिक निकायमा नियुक्तीबारे छलफल भएको हो । अरु कुरा भएकै छैन, काँग्रेसलाई जनताले ५ बर्षका लागि प्रतिपक्षमा बस्न म्याण्डेट दिएको बताउदै काँग्रेसलाइ सरकारमा जाने हतारो नभएको स्पष्ट पानु्भयो ।

सो अबसरमा उहाँले हिन्दुराष्ट्रको एजेण्डा माथी काँग्रेस महाधिवेशनमा छलफल हुने बताउनुभएको छ । उहाँले सदियौं देखि चलि आएको सनातन धर्ममाथी बाह्य तत्वहरुबाट आक्रमणको प्रयास निरन्तर भईरहेकाले अब हिन्दु राष्ट्रको एजेण्डामा छलफल आबश्यक भएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै महतले अहिले चारै तिरबाट हिन्दु धर्म माथी आक्रमणको प्रयास भएको छ , यो राम्रो कुरा होईन । यसको संरक्षणको लागि पनि अब छलफल आबश्यक भएको बताउदै काँग्रेस महाधिवेशनमा यो कुराले स्थान पाउने र सो बारेमा छलफल हुने बताउनुभयो । “बिभिन्न नाममा हाम्रो सनातन धर्म माथी हस्तक्षेप शुरु भएको छ , त्यसका लागि अब खुला छलफल आबश्यक छ”, महतको भनाई थियो ।

कार्यक्रममा पत्रकारहरुको प्रश्नमा जवाफ दिदै महतले उहाँले कांग्रेसको महाधिवेशन फागुनमै गर्न चुनौती रहेको बताउनुभयो । कोरोनाका कारण ५ महिनासम्म भएको पुरै बन्दाबन्दीका कारण पार्टीले महाधिवेशनका लागी गर्नुपर्ने सबै गृहकार्य तथा पूर्वाधार सहितको तयारी गर्न नसकेकाले फागुनमै गर्न नसकिने उहाँको भनाई थियो । “ मंसिर महिना सम्म क्रियाशिल सदस्यता टुङ्गाएर जाने भनिएको छ , त्यो काम कति सकिन्छ त्यस पछि मात्र महाधिवेशन के हुने भन्ने बारेमा छलफल हुन्छ । ” उहाँले भन्नुभयो । उहाँले भदौ भन्दा अघिनै महाधिवेशन गर्ने गरि आन्तरिक तयारी रहेको बताउनुभयो ।

अर्को एक प्रसङ्गमा उहाँले वर्तमान सरकार असफल भएको तर व्यवस्था र प्रणाली भने राम्रो भएको भन्दै नेपाली कांग्रेस राजसंस्थाको पक्षमा नरहेको बताउनुभयो । नेपाल प्रेस युनियन नवलपुरका अध्यक्ष विरेन्द्र पराजुलीको अध्यक्षतामा भएको सो कार्यक्रमको सहजीकरण सचिव आशिष रेग्मीले गर्नुभएको थियो ।

 

प्रकाशित : २०७७ मंसिर ९ गते २०:३४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI