मध्य नेपालका उद्योगी ,ब्यवसायीको आशा जगाउन मेरो उमेदवारी: अमृत भट्टचन

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर ९ गते २२:२३
मध्य नेपालका उद्योगी ,ब्यवसायीको आशा जगाउन मेरो उमेदवारी: अमृत भट्टचन

कावासोती  ।  नेपाल उद्योग  बाणिज्य महासंघको आसन्न निर्वाचनमा नवलपुरको नेतृत्व गर्दै खुला केन्द्रिय सदस्यताका लागी युवा ब्यवसायी अमृत भट्टचनले प्रचार प्रसारलाई तिब्रता दिएका छन ।
ब्यवसायी भट्टचनले चुनावी तयारी र प्रचारलाई व्यापक बनाएको बताउँदै भने, “नवलपुरका उध्योगी, ब्यवसायीको समस्या केन्द्र सम्म पुगेको छैन ,केन्द्र सम्म नपुग्दा समस्या समाधान हुने कुरै भएन । जसका कारणले यस क्षेत्रका ब्यवसायिको समस्या सधै जिबित नै रहे तर मेरो जित पछि यहाँका (नवलपुर क्षेत्रका)ब्यवसायीको आशा जिबित गर्नेछु ” केन्द्रिय सदस्यका उम्मेद्बार भट्टचन भन्छन “महासंघको बिभिन्न पदमा पुग्ने तर उद्योगी व्यवसायीको हितमा धेरै काम नहुने परिपाटीलाई अन्त्य गर्न म उमेदवार बनेको हुँ” । उनले कोभिडले अहिले पारेको प्रभावको अवस्थामा सरकारले दिनुपर्ने राहत र सुविधा प्राप्त हुन नसकेको भन्दै त्यसमा पहल गर्नुनै आफ्नो उदेश्य रहेको प्रस्ट पारे । ।

“अर्थतन्त्रमा कोभिडको ठूलो असर छ तर निजी क्षेत्रलाई राज्यको सहयोग छैन । उद्योगी व्यवसायीले कुनै छुट पाउन सकेका छैनन् ,यो समस्या समाधानका लागी पनि मैले उमेदवारी दिएको हुं ।”
नेपाल उद्योग बाणिज्य महासंघको चुनावको माहोल बढ्दै गएको छ । उमेद्वारहरु आफ्नो आफ्नो पक्षमा मत पार्न तिव्ररुपमा लागि परेका छन । गैडाँकोट उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहेक भट्टचनले व्यवसायीहरुको हकहितका लागि केन्द्रीय सदस्यको रुपमा उमेद्वारी दर्ता गराएको नवलपुर टाईम्सलाई बताए ।
सबै व्यवसायीहरुको साथ र सहयोगले निर्वाचनमा विजयी हुने अपेक्षा राखेको भन्दै उनले आफुलाई सबैको साथ र सहयोग रहनेमा बिश्वस्त रहेको बताए । महासंघको निर्बाचन यहि मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुदैछ ।

प्रकाशित : २०७७ मंसिर ९ गते २२:२३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI