दुर्घटनामा घाइते भएका बिरामीको कोरोना संक्रमणले निधन

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर १० गते १५:५४
दुर्घटनामा घाइते भएका बिरामीको कोरोना संक्रमणले निधन

कावासोती । दुर्घटनामा घाइते भएर उपचाररत पुर्वी नवलपरासीको गैंडाकोट नगरपालिका वडा नं-८ बस्ने ६० वर्षीय पुरुषको बुधबार चितवन मेडिकल कलेजमा कोरोना संक्रमणले निधनमा भएको छ ।

गत कार्तिक २९ गते गैंडाकोटमा भएको दुर्घटनामा परि गम्भिर घाईते भएका उनलाई चितवन मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएको थियो । उपचारका क्रममा कोभिड १९ परिक्षण गर्दा यहि मंसिर २ गते कोभिड १९ पुष्टि भएको थियो ।

दुर्घटना घाइते भए पछि अस्पतालको आईसियु कक्षमा भेन्टिलेटरमा राखी उपचार गरिएकोमा उपचारकै क्रममा बुधबार बिहान साढे ३ बजे मृत्यु भएको अस्पतालका निर्देशक दयाराम लम्सालले बताए ।

गत कार्तिक २९ गते गैंडाकोट मौलाकालीका गेट नजिक ठेला चलाईरहेको अवस्थामा कारले ठक्कर दिएर घाईते भएका उनलाई उपचारको क्रममा चितवन मेडिकल पुर्‍याईएको ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख चन्द्रबहादुर थापाले बताए ।

 

प्रकाशित : २०७७ मंसिर १० गते १५:५४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI