तमुस्यो ब्युटिपार्लर एण्ड ट्रेनिङ सेन्टरको तेश्रो शाखाको शुभारम्भ

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर ११ गते १३:२४
तमुस्यो ब्युटिपार्लर एण्ड ट्रेनिङ सेन्टरको तेश्रो शाखाको शुभारम्भ

चितवन । भरतपुर–१० मा तमुस्यो व्यूटीपार्लर एण्ड ट्रेनिङ सेन्टरको एक कार्यक्रमका बीच शुभारम्भ गरिएको छ ।
नेपाली व्यूटीसियनहरुको अभिभावकीय संगठन राष्ट्रिय सैन्दर्यकर्मी युनियन नेपालको केन्द्रीय कमिटीको सचिव तथा जिफन्टको बागमती प्रदेश महिला सदस्य, पारिजात महिला समूह भरतपुरको अध्यक्ष एवं सामाजिक व्यक्तित्व अन्जु गुरुङको सभापतित्वमा सम्पन्न शुभारम्भ कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रबक्ता एवं वडा नं. १० का वडाअध्यक्ष, एवं राजनीतिक व्यक्तित्व अरुण पीडित भण्डारी प्रमुख अतिथि रहनुभएको थियो ।

 

कार्यक्रमका प्रमुख अतिथि महानगरपालिकाका प्रबक्ता एवं वडा नं. १० का वडाअध्यक्ष, एवं राजनीतिक व्यक्तित्व अरुण पीडित भण्डारीले आफूले व्यूटीपार्लर सञ्चालनका लागि सिटिईभिटी तथा अन्य दातृ निकायहरुबाट आउने सहयोग लिनका लागि आफू र वडाको तर्फबाट आवश्यक सहयोग गर्ने समेत बताउनुभयो । उहाँले शुभारम्भको क्रममा तमुस्यो व्यूटीपार्लर एण्ड ट्रेनिङ सेन्टरले चितवनमा मात्रै नभई देशैभर आफ्नो शाखा स्थापना गरी व्यवसायलाई अझै व्यवस्थित बनाउँदै लैजानु पर्नेमा जोड दिनुभयो ।

 

भरतपुर–१० स्थायी बसोबास गर्दै आउनु भएको अञ्जु गुरुङले विगत लामो समयदेखि व्यूटीपार्लर व्यवसायमा सम्लग्न रही आफ्नो व्यवसायलाई व्यवसायिकतातर्फ बढाउँदै लैजानु भएको छ । शुरुमा आफ्नै निवास रमाइलोचोकबाट व्यूटीपार्लर व्यवसाय संचालन गर्दै आउनु भएको गुरुङले भरतपुर–२३ जगतपुरमा दोश्रो शाखा समेत सञ्चालन गर्दै आउनु भएको छ । आजदेखि शुभारम्भ भएको उहाँको तेश्रो शाखा हो । गुरुङ सफल उद्यमी, कुशल नेतृ एवं व्यूटीपार्लर सम्बन्धि विज्ञता हासिल गर्नुभएको प्रशिक्षक समेत हुनुहुन्छ । उहाँले सिटिईभिटी, सरकारी एवं गैह्र संस्थाहरुको सहकार्यमा विभिन्न प्रशिक्षण समेत दिईसक्नुभएको छ । उहाँले व्यूटीपार्लर व्यवसायका समस्यालाई नीतिगत रुपमा सुल्झयाउन विभिन्न सरोकारवाला संघ–संस्थाहरुसँग हातेमालो गर्दै समस्या समाधानमा समेत महत्वपूर्ण भूमिका खेल्दै आउनुभएको छ ।

 

शाखा शुभारम्भ कार्यक्रममा जिफन्ट बागमती प्रदेशका सचिव अर्जुन अर्याल, जिफन्ट बागमती प्रदेश सदस्य गोविन्द अर्याल, जिफन्त बागमती प्रदेश महिला सदस्यहरु शारदा पौडेल, सरस्वती पौडेल, नेपाल स्वास्थ्यकर्मी कर्मचारी युनियनका केन्द्रीय सदस्य तथा जिफन्ट भरतपुर महानगरका अध्यक्ष पुष्करबाबु त्रिपाठी, जिफन्ट बागमती प्रदेश विभागीय सदस्यहरु शुशिल नेपाल, राजन ढकाल, राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल बागमती प्रदेश उपाध्यक्ष बालकुमारी रानाभाट, राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल बागमती प्रदेश सदस्य राधिका थापा र अनिता आचार्य लगायतको उपस्थिति रहेको थियो ।

 

राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालका चितवनका विभिन्न कमिटीका पदाधिकारी तथा सदस्यहरु, स्थानिय व्यक्तीहरुको उपस्थितिमा संचालित सुभारम्भ कार्यक्रमको संचालन राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालका चितवन जिल्ला अध्यक्ष सुस्मा तमाङ्गले गर्नुभएको थियो ।

प्रकाशित : २०७७ मंसिर ११ गते १३:२४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI