नेपालले विश्वकपका लागि सोझै ग्लोबल छनौट खेल्ने

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर १२ गते ८:४६
नेपालले विश्वकपका लागि सोझै ग्लोबल छनौट खेल्ने

काठमाडौं :  सन् २०२२ मा अष्ट्रेलियामा हुने आईसीसी टी २० विश्वकपका लागि नेपालले सोझै ग्लोबल छनोट खेल्न पाउने भएको छ । आईसीसीले बनाएको नयाँ छनोट प्रक्रिया अनुसार २०२२ मा हुने टी २० विश्वकपका लागि २०२० को जनवरी एक तारिखसम्म बरियताका आधारमा जिम्बावे, नेपाल, यूएई र हङकङले सोझै ग्लोबल छनोटमा स्थान बनाएका हु्न् ।

२०२२ को विश्वकपमा आइसीसीले १६ टिमलाई सहभागिता गराउने भएको छ । २०२० मा हुने भनिएको यो विश्वकप कोरोनाका कारण २०२२ का लागि सरेको थियो ।अब आईसीसीले यो विश्वकपका लागि अफ्रिका, अमेरीका, एशिया, पूर्वी एशिया र यूरोप गरेर ११ वटा क्षेत्रीय छनोट प्रतियोगिता गर्ने भएको छ । त्यहाँबाट ८ टिम दोस्रो चरणको छनोटमा स्थान बनाउनेछन् ।

सबै उपक्षेत्रीय र क्षेत्रीय छनोट प्रतियोगिता २०२१ र २०२२ को सुरुवातमा हुनेछन् । २०२० को जनवरीको बरियता अनुसार नेपालसँगै जिम्बावे, यूएई र हङकङले सोझै ग्लोबल छनोट खेल्न पाउने भएका छन् ।

उनीहरुले क्षेत्रीय छनोट खेल्नुनपर्ने भएको छ । २०२२ को विश्वकपका लागि १२ टिम २०२१ को टी २० विश्वकपबाट साझै छनोट हुनेछन् ।

बाँकी चार टिममा दुई टिम पहिलो ग्लोबल छनोटबाट आउनेछन भने बाँकी दुई टिम २०२२ मा नै हुने दोस्रो ग्लोबल छनोटबाट आउनेछन् ।

प्रकाशित : २०७७ मंसिर १२ गते ८:४६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI