नवलपुर, सुर्खेत र कञ्चनपुरमा तीन जना मृत फेला

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर १२ गते १४:१३
नवलपुर, सुर्खेत र कञ्चनपुरमा तीन जना मृत फेला

काठमाडौं । नवलपुर, सुर्खेत र कञ्‍चनपुरमा तीनजना मृत फेला परेका छन् । नवलपुर को देवचुली नगरपालिका १७, कुजौलीस्थित नारायणी नदीमा गैंडाकोट नगरपालिका ४ का ८१ वर्षीय धर्मदत्त पौडेल मृत अवस्थामा फेला परेका छन् ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ५, स्थित राम-जानकी सामुदायिक वनको गोरेटो बाटोमा दैलेख दुल्लु नगरपालिका ११, का ३२ वर्षीय गणेश भण्डारी मृत अवस्थामा फेला परेका छन् ।

कञ्‍चनपुरको भीमदत्त नगरपालिका ४, भानु पार्टी प्यालेसनजिक हाल नाम, थर , वतन नखुलेका करिब ३० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।

-प्रतिकात्मक तस्बिर

प्रकाशित : २०७७ मंसिर १२ गते १४:१३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI