गेष्टहाउसबाट ६ जना पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर १२ गते १६:३५
गेष्टहाउसबाट ६ जना पक्राउ

अनैतिक क्रियाकलापमा संलग्न भएको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–९ मा सञ्चालनमा रहेको सुमित गेस्ट हाउसबाट छजनालाई बिहीबार राती पक्राउ गरेको छ । हिमालय हल अगाडिबाट पक्राउ पर्नेमा गेस्ट हाउसका सञ्चालक सन्तोष पञ्जियारसहित चार पुरुष र दुई महिला छन् ।

 

पक्राउ परेका अन्यको नाम खुलाइएको छैन । अनैतिक क्रियाकलाप भइरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले उनीहरुलाई राति ९ :४५ बजेतिर नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय हिरासतमा राखिएको छ । उनीहरुविरुद्ध अभद्र व्यवहार मुद्दामा अनुसन्धान अघि बढाउने तयारी प्रहरीले गरेको छ ।

प्रकाशित : २०७७ मंसिर १२ गते १६:३५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI