No ads found for this position

पुर्वी नवलपरासीमा ११ हजार ३ सय ६६ पिसिआर , २ हजार २ सय ९२ जनामा कोरोना संक्रमण

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर १२ गते १८:२४
No ads found for this position
पुर्वी नवलपरासीमा ११ हजार ३ सय ६६  पिसिआर , २ हजार २ सय ९२ जनामा कोरोना संक्रमण
No ads found for this position

कावासोती । पुर्वी नवलपरासीमा हाल सम्म ११ हजार ३ सय ६६ पिसिआर परिक्षण गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय पुर्वी नवलपरासीले जनाए अनुसार ११ हजार ३ सय ६६ जनामा पिसिआर परिक्षण गरिएकोमा २ हजार २ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कुल संक्रमित २ हजार २ सय ९२ जना मध्य २ सय ६१ जना सक्रिय संक्रमित रहेका र २७ जनाको निधन भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा हाल सम्म २ हजार ४ जना कोरोना संक्रमण मुक्त भएर निको भएका छ्न ।

जिल्लामा हाल सम्म सबै भन्दा धेरै संक्रमित गैंडाकोट नगरपालिकामा ६४६ जना र सबैभन्दा कम संक्रमित बुलिङ्गटार गाँउपालिकामा ४५ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित : २०७७ मंसिर १२ गते १८:२४
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI