कोरोनासँग लड्न चाहिन्छ इम्युनिटी पावर, तपाईंको शरीरमा कति छ ? आफैं जाच्नुस्

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर १३ गते १२:१०
कोरोनासँग लड्न चाहिन्छ इम्युनिटी पावर, तपाईंको शरीरमा कति छ ? आफैं जाच्नुस्

हाम्रो इम्युनिटी बलियो छ भने रुघाखोकीबाट सजिलै बचाउँछ अनि हेपाटाइटिस, फोक्सोको संक्रमण, मिर्गौलाको संक्रमणलगायत अनेकौं रोगबाट बचाउँछ ।

कोरोना संक्रमणसँग लड्न र संक्रमणबाट जोगिन इम्युनिटी पावर बढाउन चिकित्सकहरुले सल्लाह दिइरहेका छन् ।

हाम्रो वरिपरि कैयौं प्याथोजिनहरू हुन्छन् । हामीले थाहा नपाइकनै खाना र पानीका साथ, अझ सास लिँदा पनि, हानिकारक तत्त्वहरू शरीरले सोसिरहेको हुन्छ ।

यस्तो हुँदा पनि सबैजना बिरामी पर्छन् भन्ने होइन । इम्युन सिस्टम बलियो हुँदा शरीरले बाहिरी संक्रमणसँग राम्ररी लड्छ ।

हाम्रो रोगप्रतिरोधक क्षमता रक्तपरीक्षणबाट पत्ता लाग्छ तर शरीरले पनि अनेकौं संकेत दिन्छ ।

तपाईं अरूहरूभन्दा बढी घरिघरि बिरामी हुनुहुन्छ, रुघाखोकी लागिरहन्छ, गला खराब रहन्छ वा छालाको –यासेज छ भने तपाईंको इम्युन सिस्टम कमजोर भएको लक्षण हो ।

बारम्बार डायरिया, गिजा सुन्निने, मुखमा घाउ पनि खराब इम्युनिटीको लक्षण हो ।

केही मानिस मौसम परिवर्तन हुनेबित्तिकै बिरामी हुन्छन् । शरीरको तापक्रम कम हुँदा यसो हुन्छ ।

बलियो इम्युन सिस्टमका लागि नर्मल ओरल बडी टेम्परेचर ३६.३ डिग्री सेल्सियसभन्दा कम हुनुहुँदैन ।

जाडोमा भाइरस ३३ डिग्रीमा बाँच्छन् । दिनदिनै व्यायाम गर्दा शरीरको तापमान र इम्युनिटी बढाउन सक्नुहुन्छ ।

तातो उत्पन्न गर्ने मसला लसुन, अदुवा, दालचिनीको सेवन पनि लाभदायक हुन्छ ।

शरीरलाई कहिलेकाहीँ ज्वरो आएको राम्रो हो । ज्वरो आएन भने प्रतिरोधक क्षमता कमजोर भएको बुझ्नुपर्छ । ज्वरोमार्फत शरीर रोगहरूसँग लड्छ ।

हामीहरूमध्ये धेरै ज्वरो आउनेबित्तिकै औषधि खाइहाल्छौं जसले गर्दा ज्वरोले सकारात्मक तरिकाले काम गर्न सक्दैन ।

तपाईंलाई संक्रमणपछि पनि ज्वरो आएन भने कमजोर इम्युनिटीको लक्षण हो ।

भिटामिन डीले इम्युनिटी बढाउँछ र धेरै मानिसमा यसको कमी हुन्छ । तपाईंको ब्लड रिपोर्टमा भिटामिनको कमी छ भने त्यसको स्तरलाई सही गर्ने कोशिश गर्नुपर्छ ।

त्यसबाहेक लगातार थकान, आलस्य, लामो समयसम्म घाउ नपुरिनु, निद्रा नआउनु, डिप्रेसन र आँखामुनि कालो घेरा पनि कमजोर प्रतिरोधक क्षमताको लक्षण हो ।

प्रकाशित : २०७७ मंसिर १३ गते १२:१०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI