पश्चिम नवलपरासीमा कुटपिटबाट युवकको मृत्युु

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर १५ गते १९:०६
पश्चिम नवलपरासीमा कुटपिटबाट युवकको मृत्युु

पश्चिम नवलपरासीमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । सुस्ता गाउँपालिका वडा नं. १ का २७ वर्षीय रविन्द्र चौधरीको कुटपिटबाट मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार सुस्ता गाउँपालिका वडा नं. १ कै शान्ता ढकालको घरमा शुक्रबार साझँ मापसे गरि पुगेका चौधरीलाई ढकाल सहित उनका छोरा र छोरीले कुटपटि गरेका थिए ।
ढकाल परिवारको कुटपिट पश्चात हिडेरै घर पुगेका चौधरीको एक्कासी राति ११ वजे स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएकोमा राति एकवजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
कुटपिटमा संलग्न ३७ वर्षीया शान्ता ढकाल, उनका छोरा २१ वर्षका सञ्जय ढकाल र नावालिका छोरीलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

प्रकाशित : २०७७ मंसिर १५ गते १९:०६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI