चितवन राष्ट्रिय निकुञ्जमा जन्मिईन रोनाल्डोकी छोरी

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर १५ गते २०:४३
चितवन राष्ट्रिय निकुञ्जमा जन्मिईन रोनाल्डोकी छोरी

चितवन : चितवन राष्ट्रिय निकुञ्जमा रोनाल्डो नामक जंगली हात्तीको सम्सर्गबाट एउटा पोथी छावाको जन्म भएको छ । निकुञ्जको हात्ती प्रजनन् केन्द्र तथा तालिम केन्द्र खोरसोरमा रहेको ३१ वर्षिय गणेशकलीले पोथी छावालाई आज सोमबार जन्म दिएको हो ।

निकुञ्जका सूचनाअधिकारी लोकेन्द्र अधिकारीका अनुसार नवजात छावा र सुत्केरी आमा दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको छ । सो हात्ती २० महिना अघि रोनाल्डो नामक जंगली हात्तीबाट गर्भवती भएको थियो ।
सामान्यतया हात्तीले गर्भधारण गरेको १८ देखि २२ महिनामा बच्चा जन्माउँछन् । नवजात छावाको हिन्दू परम्परा अनुसार नामाकरण गरिन्छ भने तालिम दिएर कार्यक्षेत्रमा पठाउने गरिन्छ ।

योसँगै निकुञ्जमा हात्तीको संख्या ५९ पुगेको छ । ती मध्ये ५३ वटा चितवन राष्ट्रिय निकुञ्जका हुन् भने ६ वटा कोशि टप्पबाट काजमा ल्याईएका हुन् ।

प्रकाशित : २०७७ मंसिर १५ गते २०:४३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI