No ads found for this position

फोरजी चल्नेमात्र मोबाइल किन्न टेलिकमको आग्रह

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर १६ गते ११:२६
No ads found for this position
फोरजी चल्नेमात्र मोबाइल किन्न टेलिकमको आग्रह
No ads found for this position

काठमाडौं । नेपाल टेलिकमले आफ्नो फोरजी सेवाको अधिकतम लाभ उठाउन फोरजी चल्ने मोबाइल सेट खरिद गर्न आग्रह गरेको छ । टेलिकमले त्यस्तो मोबाइल सेट किनेर सोहीअनुसार सेटिङ मिलाएर फोरजी चलाउन भनेको हो ।

टेलिकमका अनुसार मुलुकका ७७ जिल्लामा नेपाल टेलिकमको फोरजी मोबाइल सेवाको पहुँच पुगेको छ । मोबाइल सेवाको स्वाभाविक विशेषता अनुसार सेवाको गुणस्तरमा भौगोलिक अवस्था, धरातलीय अवस्था आदिले प्रत्यक्ष प्रभाव पार्ने हुनाले सेवाको गुणस्तरमा निरन्तर एकरुपता छैन ।

हाल कम्पनीको फोरजी सेवा १८०० मेगाहर्ज (ब्यान्ड ३) र ८०० मेगाहर्ज (ब्यान्ड २०) मा उपलब्ध छ । तुलनात्मक रुपले कम जनघनत्व र फराकिलो भुगोल भएका क्षेत्रमा ८०० मेगाहर्ज र बढी जनघनत्व भएका क्षेत्रमा १८०० मेगाहर्ज ब्यान्डमार्फत फोरजी सेवा उपलब्ध भइरहेको छ । यसको अर्थ, फोरजी मोबाइल सेवाका कुनैपनि प्रयोगकर्ता एउटा ब्यान्डको फैलावट क्षेत्रबाट अर्को ब्यान्डको प्रभाव क्षेत्रमा प्रवेश गर्दा कम्पनीको नेटवर्कको पहुँचका अतिरिक्त प्रयोग गरिने मोबाइल सेटले ८०० मेगाहर्ज र १८०० मेगाहर्ज दुवै ब्यान्ड उपयोग गर्न सक्ने भएमा थप गुणस्तरीय फोरजी सेवा उपयोग गर्न सकिन्छ  ।

नेपाली बजारमा उपलब्ध अधिकांश मोबाइल सेटले १८०० मेगाहर्ज ब्यान्डको फोरजी सेवालाई सहजै उपयोगमा ल्याउन सक्ने भएपनि केही मोबाइल सेटले ८०० मेगाहर्ज ब्यान्डबाट प्रसारित फोरजी सेवालाई ग्रहण नगर्ने टेलिकमको दाबी छ । दुवै ब्यान्डमा चल्ने मोबाइल सेटको अभावमा फोरजी सेवाबाट अधिकतम फाइदा लिन नसकिने हुन्छ । यस्तो समस्या आएपछि कम्पनीको फोरजी सेवाको गुणस्तर राम्रो नभएको भ्रम ग्राहकवर्गलाई हुने गरेको टेलिकमको भनाइ छ ।

यो समस्या हल गर्न फोरजी सेवाका ग्राहकवर्गले आफ्नो मोबाइल सेटको बक्समा उपलब्ध प्राविधिक विवरण हेरेर कुन मेगाहर्जमा चल्ने मोबाइल सेट हो भनी पत्ता लगाउन टेलिकमको भनाइ छ । साथै मोबाइल सेटको सेटिङमा गई मोबाइल नेटवर्कको अप्सन अटो कनेक्ट अप्सन छनौट गर्नु सुझाइएको छ ।

प्रकाशित : २०७७ मंसिर १६ गते ११:२६
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI