नवलपुरकाे मध्यविन्दुमा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर १६ गते १७:२४
नवलपुरकाे मध्यविन्दुमा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु

पुर्वी नवलपरासी को मध्यविन्दु नगरपालिका ९ बसन्तपुरमा स्कुल बसको ठक्करबाट एक जनाको मत्यु भएको छ ।
लु २० प २४३७ नम्बरको मोटरसाइकललाई थुम्की देवी ब्राइट फ्युचर इंलिस बोडिङ्ग स्कूलको ग १ क २४८३ नम्बरको स्कूल बसले ठक्कर दिदा मोटरसाइकलमा सवार मध्यविन्दु–१३ का ३५ वर्षीय सन्तबहादुर कुमालको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका कुमालको उपचारको क्रममा भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पूर्वी  नवलपरासीका प्रहरी निरीक्षक मधु सिंहले जानकारी दिनुभयो ।

दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन् । घाइतेहुनेमा मध्यविन्दु–१३ का शालिकराम बिक, २६ वर्षीय तुलबहादुर खाम्चा गम्भीर घाइते भएका हुन् । उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ ।
ठक्कर दिने बस प्रहरी चौकी चोरमाराको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ मंसिर १६ गते १७:२४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI