८० वर्षीया बडी बिल्डर

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर १६ गते १९:५०
८० वर्षीया बडी बिल्डर

अमेरिकाको बाल्टीमोरमा बस्ने एक वृद्धाको जोस देखेर मानिसहरु जीब्रो काट्छन् । उनी ८० वर्षको उमेरमा पनि बडी बिल्डरको काम गर्छिन् । महिलाको नाम इर्नेस्टाइन शेपर्ड हो ।

बडी बिल्डरको संकेत उनको हराभरा भएको शरीरबाट नै हुने गर्छ । यसकै कारण उनी ८० वर्षको नभएर ४०–५० वर्षको जस्ती देखिन्छिन् । इर्नेस्टाइन शेपर्डले जीममा जवान व्यक्तिहरुले जस्तै पसिना बगाउँछिन् । उनले गिनीज बुक अफ वल्र्ड रेकर्डमा सबैभन्दा बृद्ध महिला बडी बिल्डरको रुपमा नाम राखिसकेकी छिन् । इन्र्नेस्टाइन सानैदेखि बडी बिल्डरको शौकिन भने थिइनन् । ५६ वर्षको उमेरमा मात्र बडी बिल्डरको इच्छा बढेको थियो ।

उनी दैनिक बिहान ३ बजे उठ्छिन् र हप्तामा ८० मिल दौडन्छिन् । उनले सन्तलित भोजन गर्छिन् । एजेन्सी

प्रकाशित : २०७७ मंसिर १६ गते १९:५०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI