चन्द्रमाबाट दुई किलो माटो ल्याउन पुगेको चीनकोे यानले अवतरणसँगै काम थाल्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर १७ गते ११:२५
चन्द्रमाबाट दुई किलो माटो ल्याउन पुगेको चीनकोे यानले अवतरणसँगै काम थाल्यो

एजेन्सी, १७ मंसिर । चीनले एक हप्ताअघि चन्द्रमामा पठाएको यानको सफल अवतरण भएको छ । मङ्गलबार राति चाङ इ फाइभ यान चन्द्रमामा सफल अवतरण भएको हो ।

चिनियाँ राष्ट्रिय अन्तरीक्ष प्रशासन (सीएनएसए) ले मङ्गलबार राति स्थानीय समय अनुसार ११ बजेर ११ मिनेटमा यान अवतरणको जानकारी दिएको हो । २४ नोभेम्बरमा प्रक्षेपण गरिएको यान अवतरण भएपछि अन्वेषण शुरु गरेको छ । यानले ४८ घन्टा चन्द्रमाको शतहमा काम गर्नेछ ।

चन्द्रमाको शतहबाट दुई केजी नमूना संकलन गरेर पृथ्वीमा ल्याउनेछ । यति ठुलो परिमाणमा अहिलेसम्म चन्द्रमाको माटो र चट्टान पृथ्वीमा कुनै यानले ल्याउन सकेको छैन । चार दशकअघि सर्वप्रथम रुसले पहिलोपटक चन्द्रमाबाट माटो ल्याएको थियो । त्यसपछि अमेरिकाले पनि माटो ल्याएको थियो ।

चीनको अन्तरीक्ष कार्यक्रम अन्र्तगत पछिल्लो समय चन्द्रमा र मङ्गल ग्रहसम्बन्धी अन्वेषण र मिसन चलिरहेको छ । उसले मानवसहितको यान चन्द्रमामा पठाउने लक्ष्य लिएर काम गरिरहेको छ ।-तस्बिर स्रोतः सिन्ह्वा

प्रकाशित : २०७७ मंसिर १७ गते ११:२५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI