वरिष्ठ नेता पौडेललाई तत्काल रिहा गर्न काङ्ग्रेस नवलपुरको माग

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर १७ गते १७:३६
वरिष्ठ नेता पौडेललाई तत्काल रिहा गर्न काङ्ग्रेस नवलपुरको माग

कावासोती । काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरी नियन्त्रणमा राखिएको प्रति नेपाली काङ्ग्रेस नवलपुरले गम्भीर ध्यानाकर्षण भएको बताएको छ । काङ्ग्रेस नवलपुरले तनहुँ घटनाको निन्दा र भत्सर्ना गर्दै तत्काल नेता पौडेलको रिहाईको माग गरेको छ ।

काङ्ग्रेस नवलपुरका सभापति विष्णुप्रसाद लामिछानेले एक विज्ञप्ति जारी गर्दै नेता पौडेललाई नियन्त्रणमा लिएको घटनाले सरकार सर्वसत्तावादको बाटोमा अगाडि बढेको बताएका छ्न ।

लामिछानेद्वारा जारी विज्ञप्तिमा सरकारको यो निन्दनीय व्यवहारको भर्त्सना गर्दै तत्काल उहाँलाई रिहाइ गर्न, अन्यथा उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार बस्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

यसै बिच तनहुँ घटनाको विरोध तथा नेता पौडेलको रिहाइको माग गर्दै नेपाली काङ्ग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघले जिल्ला सदरमुकाम कावासोतीमा यति बेला सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेको छ ।

 

 

प्रकाशित : २०७७ मंसिर १७ गते १७:३६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI