नवलपुरका विभिन्न क्षेत्रमा बिहीबार ( भोलि ) विद्युत अवरुद्ध हुने

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर १७ गते १८:४३
नवलपुरका विभिन्न क्षेत्रमा बिहीबार ( भोलि ) विद्युत अवरुद्ध हुने

कावासोती । नवलपुरका विभिन्न स्थानमा बिहिवार विद्युत अवरुद्ध हुने भएको छ । नारायणघाट बुटवल सडक आयोजना बिस्तारको क्रममा रुख काटनु पर्ने भएको हुँदा नवलपुरको धेरै स्थान बिहीवार बिहान १० बजे देखि दिउसो ३ बजे सम्म विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रले जनाएको छ ।

बिहीवार कावासोती बजार क्षेत्रका रुखहरु काटिने भएकाले कावासोती वडा नं १ देखि ६,मध्यविन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिका लगाएतका स्थानमा विद्युत अवरुद्ध हुने प्राधिकरणको कावासोती वितरण केन्द्रले जनाएको छ ।

प्रकाशित : २०७७ मंसिर १७ गते १८:४३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI